दशैंको बेला मोरङका पर्यटकीय क्षेत्रमा चहलपहल

Ratnaparkसुमन घिमिरे / उर्लाबारी । दशैँको टीका ग्रहण गरेसँगै मोरङको पर्यटकीय क्षेत्रको अवलोकन गर्न आउनेहरुको चहलपहल बढेको छ ।

जिल्लास्थित बेतनी सिमसार, बेतना सिमासर, हसिना सिमसार, जेफाले डाँडा, नेसेलुङ डाँडा लगायत पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको हो ।

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको बेलबारीको बेतना सिमसार क्षेत्रको रमणीयताले अधिकांश मानिसलाई लोभ्याउने गरेको छ । प्रकृतिको सुन्दरतामा रम्न चाहनेको अहिले बेतनामा भीड नै लाग्ने गरेको छ ।

विशेषगरी दशैँको समयमा यहाँ आन्तरिक पर्यटकको आइरो लाग्ने गरेको स्थानीयवासी बताउँछन् । बेतना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डम्बर बस्नेतका अनुसार दशैँको समयमा सिमसारमा घुम्न दैनिक दुई हजार बढी पर्यटक आउने गरेका छन् । अन्य बेला दैनिक ५०० को हाराहारीमा घुम्न आउने गरेका छन् । बेतना सिमसार क्षेत्रको पर्यटकीयस्थलमा धूमपानमा रोक लगाइएको छ ।

वनभोज क्षेत्र र सिमसार क्षेत्रका होटलमा मात्रै धूमपान गर्न पाइने छ । जङ्गल, जनावर भएको क्षेत्र र पोखरीको आसपास धूमपान गर्न नपाइने जनाइएको छ ।

यस्तै उर्लाबारी– २ स्थित बेतेनी सिमसारमा पनि आन्तरिक पर्यटकको अहिले भीड लागेको छ । टीका ग्रहण गरेपछि सो सिमसारमा भीड बढेको सिमसार व्यवस्थापन समितिका अध्यक्ष भीम राईले जानकारी दिए । उनका अनुसार सो सिमसार क्षेत्रमा अहिले दैनिक एक हजार बढी आन्तरिक पर्यटक आउने गरेका छन् । एकान्त र सुन्दर वातावरणमा रहेको उक्त सीमसारमा बोटिङ सेवा शुरु भएसँगै पछिल्लो समयमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।

यसैगरी उत्तरी मोरङ केराबारी गाउँपालिका– २ स्थित जेफाले डाँडाबाट पूर्वका विभिन्न शहर देख्न सकिने भएकाले त्यहाँ पनि आन्तरिक पर्यटकको आइरो लागेको छ । जेफाले सामुदायिक होमस्टेका सचिव भीम ठकुरीका अनुसार दशैँको बिदामा परिवारसँगै होमस्टेमा बस्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।

दशैँमा विशेषगरी सार्वजनिक बिदा भएकाले परिवारसँगै घुम्न जानेको सङ्ख्यामा वृद्धि भएको उनले बताए । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter