एप्समार्फत जनगुनासो सम्बोधन

Mobile appबलेवा, कात्तिक ६ गते । बागलुङको जैमिनी नगरपालिकाले मोबाइल एप्समार्फतसर्वसाधारणका गुनासो सम्बोधन गर्ने कार्य थालनी गरेको छ ।

नगरपालिकाले मोबाइल एप्समार्फत सर्वसाधारणले नगरका कामको विषयमा राखेका जिज्ञासा र काम कारवाहीका विषयमा उठेका प्रश्नको जवाफ मोबाइल एप्समार्फत नै दिने कार्यको थालनी गरेको हो । नगरपालिकाका नीति, कार्यक्रम, योजना तथा बजेट र कार्यालयले सम्पादन गर्ने कार्यको विषयमा जानकारी गराउने उद्देश्यले शुरुवात गरिएको एप्समार्फत सर्वसाधारणका गुनासो तथा जिज्ञासाको समाधानसमेत थालिएको उपप्रमुख लिला रानाले बताउनुभयो ।

प्रविधिको विकाससँगै मोबाइल एप्सको प्रयोग बढेकाले सर्वसाधारणको सहजताका लागि नगरपालिकाले आफ्नै एप्स सञ्चालनमा ल्याएको हो । “सबैका हातमा मोबाइल फोन छन्, मोबाइलको प्रयोग गरेर सबै सुविधाको विषयमा जानकारी दिन हामीले आफ्नै एप्स बनाएका हौँ” उपप्रमुख रानाले भन्नुभयो, “नगरका काममा पारदर्शिताको लागि मोबाइल एप्स एउटा राम्रो प्रयोग हुनेछ ।” नगरलाई प्रविधिमैत्री बनाउनका लागि काम कारवाही र सर्वसाधारणले पाउने सुविधाका विषयमा अनलाइन, मोबाइल एप्स र डिजिटल सूचना पार्टीमार्फत जानकारी गराइदै आएको छ । “नगरभित्रका सबै सर्वसाधारणलाई एप्सको सुविधा लिनको लागि आग्रह गरेका छौँ” प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले भन्नुभयो, “सूचनाको अधिकार प्रत्याभूत गर्न हामीले प्रविधिमैत्री नगर बनाउने अभियानमा छौँ ।”

हरेक आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम, सञ्चालित योजना, जनप्रतिनिधि र कर्मचारीको विवरण तथा भए गरेका कामको प्रगतिसमेत एप्समा राखिएको छ । एप्समा भएका जानकारीको सम्बन्धमा गुनासो वा प्रतिक्रिया र नगरका अरु कामको विषयमा जानकारी वा प्रश्न सबै लिन र जवाफ दिन मिल्ने गरी एप्स तयार पारिएको हो । “अब घरमा बसेर नै सबैले नगरपालिकाको काम कारवाहीको विषयमा अनुगमनसमेत गर्न सक्नुहुन्छ” उपप्रमुख लिला रानाले भन्नुभयो, “हामी जनताको सहज सुविधाका लागि सदैव तयार छौँ ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter