बिजुली बस चढेर प्रधानमन्त्री सिंहदरबार
ललितपुर, कात्तिक ६ गते । साझा यातायात प्रा. लि. ले राजधानीमा विद्युतीय बस सेवा शुरु गरेको छ ।
ललितपुरको पुलचोकस्थित साझाको कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सो बस सेवा सञ्चालनको उद्घाटन गरेका हुन् ।
चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेको ५ वटा विद्युतीय बस ल्याउने केही समयअघि नै घोषणा गरेको थियो ।
ती मध्ये दुईवटा बस काठमाडौँ आइसकेको छ ।
एडिबीले विद्युतीय बस खरिदमा सहयोग गरेको हो । यी बसहरु साझाको व्यवस्थापनमा रहनेछ ।
बसमा चालकसहित २० जना यात्रु रहेका छन् भने यो अपाङ्ग मैत्रीसमेत रहेको छ ।
प्रधानमन्त्री ओलीले विद्युतीय बस सेवाको उद्घाटन गर्दै विद्युतीय बसमा सिंहदरवारसम्म यात्रा गरेका थिए ।
कार्यक्रममा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, काठमाडौँका मेयर विद्यासुन्दर शाक्य तथा ललितपुरका मेयर चिरीबाबु महर्जनको पनि उपस्थिति रहेको थियो ।