प्रधानमन्त्री ओलीलाई छातीमा सङ्क्रमण, केही दिन अस्पतालमै राखिने

Oli after nominationकाठमाडौँ, कात्तिक १२ गते । छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अस्पतालमै ‘अब्जर्भेसन’ का लागि राखिने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

उहाँकोे शरीरमा ‘लोयर रेस्पिरेटरी ट्राक इन्फेक्सन’ (एलआरटिआइ) का कारण चिनीको मात्रा असन्तुलित भएकाले ‘एन्टी बायोटिक इन्सुलेन्स’ दिइ सूक्ष्म अवलोकनका लागि राखिएको हो । गत शुक्रबारदेखि सामान्य अस्वस्थ्य हुनुभएका प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीलाई आज बिहान ०४ः३० बजे उक्त अस्पतालको ‘मनमोहन कार्डियोथोरासिस भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर’ को ‘मोबाइल कोरोनेरी केयर युनिट’ (एमसिसियु०) मा राखिएको छ ।

सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले उहाँकोे छातीमा भएको सङ्क्रमणमा क्रमिक सुधार आएको र अरु स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो । प्रा।डा श्रेष्ठले केही दिनमै प्रधानमन्त्री ओली स्वास्थ्यलाभ गरी निवास फर्कनुहुने अपेक्षा गर्नुभयो । अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे दैनिक दुई पटक प्रेस विज्ञप्तिमार्फत जानकारी दिने जनाएको छ । प्रधानमन्त्री ओलीको उपचारका लागि वरिष्ठ कार्डियोलोजिष्ट डा अरुण सायमीको संयोजकत्वमा निजी चिकित्सक डा दिव्या सिंह र डा सन्त दास सम्मिलित तीन सदस्यीय टोली गठन गरिएको छ । डा सायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा चिनीको मात्रा ९सुगर० गएराति ३०० मिलिग्राम देखिएकामा अहिले क्रमशः सन्तुलित हुन थालेको छ ।

प्रधानमन्त्रीलाई उपचारका लागि विदेश लैजानुपार्ला की भन्ने पत्रकारको जिज्ञाशामा उहाँका निजी चिकित्सक डा सिंहले शिक्षण अस्पतालको ‘अब्जर्भेसन’ पछि यसबारेमा थाहा हुने प्रतिक्रिया दिनुभयो । डा सिंहले ओलीलाई एमसिसियुमा राख्नुपर्ने अवस्था नरहे पनि भेटघाटका लागि आउने भीडका कारण थप सङ्क्रमण हुनसक्ने भएकाले उक्त कक्षमा आराम गराई उपचार गराइएको जानकारी दिनुभयो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले मौसमी रुघाखोकी र हल्का ज्वरो कम नभएकाले प्रधानमन्त्री ओली बिहान आफैँ गाडीमा बसेर अस्पताल जानुभएकाले उहाँको स्वास्थ्य अवस्था गम्भीर नरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत वरिष्ठ नेताहरु तथा मन्त्रिगण अस्पताल पुग्नुभएको थियो । उहाँलाई भेटेर फर्कनुभएका नेकपाका नेता टोपबहादुर रायमाझीले प्रधानमन्त्री ओली कुराकानी गर्ने, आफैँ शौचालय जानसक्ने अवस्थामा रहनुभएको राससलाई बताउनुभयो । अस्पताल पुग्नुएका नेकपाका नेता केशव बडालले भने उपचारमा रहनुभएका प्रधानमन्त्रीलाई भेट्न भीडभाडले गर्दा थप सङ्क्रमण हुनसक्ने भएकाले आरामका साथ उपचार गर्न दिइनुपर्ने बताउनुभयो ।

मिर्गौला प्रत्यारोपण गरिएका कारण प्रधानमन्त्री ओली विगतमा ‘फलोअप’ का लागि थाइल्याण्डको बैंकका जाने गर्नुहुन्थ्यो । दशैँमा गृहजिल्ला झापा पुगी फर्किएर काठमाडौँ टीकाटालो गनुर्का साथै कार्यकर्ता र सर्वसाधारणलाई दैनिक टीका लगाएका कारण उहाँलाई धपेडी भएको थियो । त्यहीबीचमा नेकपा सचिवालयको बैठकमा उहाँ सहभागी हुनुभएको थियो । अस्वस्थताका कारण प्रधानमन्त्री ओली नेकपाले यही कात्तिक १० गते आयोजना गरेको चियापान कार्यक्रममा अनुपस्थित हुनुभयो तर राष्ट्रपति विद्यादेवी भण्डारीको आजदेखि हुने मित्रराष्ट्र कतारको औपचारिक भ्रमण स्वीकृत गर्नेलगायत कार्यसूचीका लागि आइतबार प्रधानमन्त्री निवास बालुवाटमा मन्त्रिपरिषद्को बैठक बसेको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter