• Saturday, April 12, 2025

हनुमन्ते सफाइ अभियानमा आठ टन फोहर सङ्कलन

Garbageभक्तपुर, कात्तिक १७ गते । भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज ३६ औँ हप्तामा आठ टन फोहर सङ्कलन भएको छ ।

सूर्यविनायक नगरपालिकाको अगुवाइमा भइरहेको सफाइ अभियानको क्रममा आज अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतको प्रमुख आतिथ्यतामा बिहान ९ बजेसम्म मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाको बालकोट जोड्ने फलामे पुल क्षेत्र र खोलामा सरसफाइ गरिएको थियो ।

सफाइमा प्रतिनिधिसभा सांसद महेश बस्नेत, प्रदेशसभा सांसद शशीजंग थापा, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवर, अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीलगायत जिल्लाका विभिन्न सङ्घसंस्था, नगरपालिका, विद्यालय, स्थानीय बासिन्दा र अभियन्ताको सहभागिता रहेको थियो ।

२०७५ लाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै शुरु भएको अभियानमा आज ३७५ जनाको सहभागिता रहेको जानकारी दिँदै हनुमन्ते सफाइ अभियानका अभियन्ता पुष्कर गजुरेलले अहिलेसम्म ३१० टन फोहर सङ्कलन भएको बताउनुभयो ।

अभियानका क्रममा सांसद बस्नेत, समितिका अध्यक्ष बस्नेत, प्रदेशसभा सांसद शशीजङ्ग थापालगायतले निरन्तर सफाइ अभियानले हनुमन्ते नदीमा सुधार आएको बताउँदै फोहर मुक्त हनुमन्ते नदी बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter