• Monday, April 14, 2025

लौहपुरुष सिंहको जन्मजयन्तीमा विविध कार्यक्रम गरि मनाइयो

Ganesh Man Singhकाठमाडौं, कात्तिक २४ गते । २०४६ को जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको १०४ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम साथ शनिबार मनाइएको छ । १९७२ कात्तिक २४ गते जन्मनुभएका सिंहको २०५४ असोज २ गते निधन भएको थियो । आफ्नो अडानमा दृढ रहने नेताका रुपमा छवि बनाउनु भएका सिंहलाई लौहपुरुष समेत भनिन्छ । नेपाली राजनीतिमो सिंहको योगदानलाई स्मरण गर्दै हरेक वर्ष उहाँको न्मजयन्ती र स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ ।

गणेशमान सिंह फाउण्डेशनले शोभा भगवतीमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले गणेशमान सङ्घर्षशील, त्यागी, लौहपुरुष, प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्ने नेता हुनुहुन्थ्योे भन्नुभयो ।

पूर्व महामन्त्री सिंहले अहिले पदप्रतिष्ठा र कुर्सीका लागि जे सुकै गर्न तयार हुने आजको अवस्थामा प्रधानमन्त्रीको पदसमेत त्याग गर्ने गणेशमान सिंहको जीवनी एक पटक मनन गर्न गर्न सबैसँग अपिल गर्नुभयो ।

उहाँले प्रजातन्त्र र लोकतन्त्रको दुहाई दिने कांग्रेस पार्टीभित्रै आन्तरिक लोकतन्त्र अभाव रहेको दाबी गर्नुभयो ।

पूर्व महामन्त्री सिंहले केही दिनअघिको केन्द्रीय कार्य समिति बैठकमा पार्टीको विधान केही हैन पार्टी सभापति नै सबैथोक हो, जे मन लाग्यो त्यही गर्दै हिँड्न सकिन्छ भन्ने शैलीमा सभापति शेरबहादुर देउवा प्रस्तुत हुनुभएको आरोप लगाउनुभयो ।

कांग्रेसमा आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाएर देशमा लोकतन्त्र बलियो बनाउनु नै गणेशमान सिंहप्रति उच्च सम्मान हुने विचार नेता सिंहको छ । उहाँ गणेशमान सिंहका छोरासमेत हुनुहुन्छ ।

गणेशमान भवनको उद्घाटन

शनिबार नै काठमाडौंको ज्ञानेश्वरमा काठमाडौं कांग्रेसको पहलमा निर्माण गरिएको चार तले ‘गणेशमान सिंह’ भवनको पूर्व महामन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो । सो भवन काठमाडौं कांग्रेसका सभापतिहरूले आ–आफ्नो कार्यकालमा विभिन्न खण्डहरू निर्माण गर्दै आउनुभएको थियो ।

सोही भवनमा कांग्रेसका भ्रातृ सङ्गठनहरुले समेत आफ्नो कार्यालय सञ्चालन गर्दै आएका छन् । कार्यक्रममा बोल्ने वक्ताहरूले कांग्रेस पार्टी विधानअनुसार चल्नुपर्नेमा जोड दिँदै विधानलाई उपेक्षा गरेर पार्टी चलाउँदा पार्टी नै समाप्त हुने खतरा औंल्याउनुभयो ।

कांग्रेस केन्द्रीय सदस्यहरू अम्बिका बस्नेत, नवीन्द्रराज जोशी, गगन थापा तथा पूर्वमन्त्री भीमसेनदास प्रधान, काठमाडौं कांग्रेसका सभापति सबुज बानियाँलगायतले गणेशमान सिंहको योगदानको चर्चा गर्नुहुँदै पार्टी विधानअनुसार चल्नुपर्छ भन्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter