हनुमन्ते सफाइ अभियानको ३७औं हप्ता, छ टन फोहोर सङ्कलन

Garbageभक्तपुर, कात्तिक २४ गते । भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज ३७औँ हप्ता छ टन फोहोर सङ्कलन भएको छ । सूर्यविनायक नगरपालिकाको अगुवाइमा भइरहेको सफाइ अभियानका क्रममा आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित पुल क्षेत्र र खोलामा सरसफाइ गरिएको थियो ।

सफा, सुन्दर भनिने भक्तपुर नगरपालिका क्षेत्रमा रहेको यो पुलबाट मात्रै छ टन फोहोर सङ्कलन भएको र अझै फोहोर बाँकी रहेकाले अर्को दिन पुनः सफाइ गरिने सफाइ अभियन्ताले बताएका छन् ।

सफाइमा प्रतिनिधिसभा प्रदेशसभा सांसद सरस्वती बाटीले हनुमन्तेमा फोहोर फाल्न तथा ढल मिसाउन रोक्नुपर्ने बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले यसमा अटेर गरेको, नगरको फोहोर सिधै हनुमन्तेमा मिसाएको र नदीमा फोहोर फाल्न रोक नलगाउँदा हनुमन्ते सफाइ अभियानमा चुनौती थपिएको बताउनुभयो ।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरलगायतले हनुमन्ते नदी सबैको साझा नदी भएको बताउँदै यसको सफाइमा सबै नगरपालिकाको सहभागिता हुनुपर्ने बताउनुभयो ।

विसं २०७५ लाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै शुरु भएको अभियानमा आज जिल्लाका विभिन्न सङ्घसंस्था, नगरपालिका, विद्यालय, स्थानीय बासिन्दा र अभियन्ता गरी २७६ जनाकोे सहभागिता रहेको हनुमन्ते सफाइ अभियानका अभियन्ता पुष्कर गजुरेलले जानकारी दिनुभयो । अभियानमा अहिलेसम्म ३१६ टन फोहोर सङ्कलन भएको उहाँले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter