• Monday, June 09, 2025

आप्रवासी कामदारलाई विविध सहुलियत

Colombo Processकाठमाडौँ, मङ्सिर २ गते । ‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासन सबका लागि लाभ’ भन्ने नारासाथ काठमाडौँमा शुरु भएको कोलम्बो प्रोसेसको पाँचौँ उच्च अधिकार (सचिव) स्तरीय बैठक र छैटौँ मन्त्रिस्तरीय बैठक सम्पन्न भएको छ । वैदेशिक रोजगारीमा श्रमिक आपूर्ति गर्दै आएका १२ राष्ट्रको साझा मञ्च कोलम्बो प्रोसेसको बैठक शुक्रबार २७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

बैठकले श्रमिकको स्वास्थ्य सुरक्षा, अभिमुखीकरण तालिम, स्वास्थ्य भर्ना प्रक्रिया, अलपत्र श्रमिकको समन्वय गरी उद्धार, विप्रेषण पठाउँदा लाग्ने लागतमा कमी ल्याउने विषयमा सहकार्य गर्ने विषय घोषणापत्रमा उल्लेख गरिएको छ । घोषणापत्रमा कोलम्बो प्रोसेसलाई आगामी दिनमा समेत सदस्य राष्ट्रको योगदानमा आधारित खर्च व्यवस्थापन प्रणालीबाटै निरन्तरता दिने र हाल कार्यरत पाँचवटा विषयगत कार्य समूहमा थप चारवटा कार्य समूह थप गरी नौवटा पु¥याउने विषय पनि समेटिएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहालले प्रोसेसलाई आगामी दिनमा सदस्य राष्ट्रको योगदानमा आधारित खर्च व्यवस्थापन प्रणालीबाटै निरन्तरता दिने र हाल कार्यरत पाँचवटा विषयगत कार्य समूहमा थप चारवटा कार्यसमूह थप्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

उहाँले बैठकबाट वैदेशिक रोजगारीमा गएका श्रमिकको स्वास्थ्य, श्रम आप्रवासनसँग सम्बन्धित दिगो विकास लक्ष्यको कार्यान्वयन, आप्रवासी महिला श्रमिकको समान अधिकारको प्रवद्र्धन र आप्रवासी श्रमिकका लागि कन्सुलर सेवा गरी चारवटा कार्य समूह थप गरिएको जानकारी दिनुभयो । यसअघि सीप र योग्यताको प्रमाणीकरण, श्रमिकको भर्ना, प्रस्थानपूर्व अभिमुखीकरण, सुलभ, छिटो र सुरक्षित रूपमा विप्रेषण पठाउने माध्यमको प्रवद्र्धन र श्रम बजारको विश्लेषण विषयगत गरी पाँचवटा कार्यसमूह रहेको पनि उहाँले जानकारी दिनुभयो ।

कोलम्बो प्रोसेसको प्रगतिको प्राविधिक सहयोग युनिट (टीएसयु) मार्फत यसअघि भएका कार्यगत समूह र नयाँ कार्यगत समूहको नियमित अनुगमन गरिने विषय घोषणापत्रमा छ । प्राविधिक सहयोग युनिटले प्रोसेसको अध्यक्ष राष्ट्र, प्राविधिक कार्य समूह र सदस्य मुलुकसँग सहकार्यमा अघि बढ्नुपर्ने तथा आप्रवासनलाई व्यवस्थित गर्ने बृहत्तर उद्देश्य प्राप्तिका लागि काम गर्न निर्देश गरेको छ ।

बैठकबाट पारित गरिएका निर्णयलाई विश्व श्रम आप्रवासनलाई निर्देशित गर्ने सुरक्षित आप्रवासनका लागि संयुक्त राष्ट्रसङ्घले थालेको आप्रवासनका लागि विश्वव्यापी साझा अभियानमा पेस गरिने पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।

घोषणापत्रमा सीपयुक्त श्रमिक आपूर्ति गर्ने, गन्तव्य देशहरूसँग श्रम सम्झौता गर्ने, श्रीलङ्काको कोलम्बोमा रहेको प्राविधिक सहयोग गर्ने संस्थासँग समन्वय गर्ने, श्रमिकको हितका विषयमा आबुधाबी डायलगसँग छलफल गर्ने उल्लेख छ । आबुधाबी डायलग श्रमिक लिने देशहरूको साझा मञ्च हो । घोषणापत्रमा निकट भविष्यमा हुने ‘ग्लोबल कम्प्याक्ट अन माइग्रेसन’

(जीसीएम) मा ‘कोलम्बो प्रोसेस’बाट उठाइएका सवाललाई समावेश गराउने उल्लेख गरिएको छ ।

बैठकमा नेपालसहित भारत, अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, चीन, इन्डोनेसिया, पाकिस्तान, फिलिपिन्स, श्रीलङ्का, थाइल्यान्ड र भियतनाम गरी १२ वटा ‘लेबर सेन्डिङ’ देशका मन्त्री र उच्च अधिकारी (सचिव)को सहभागिता थियो । विभिन्न आठवटा पर्यवेक्षक राष्ट्रका व्यक्तित्वहरू सहभागिता थियो ।

वैदेशिक रोजगारमा कामदार पठाउने एसियाली राष्ट्रहरूको साझा मञ्चका रूपमा कोलम्बो प्रोसेसको स्थापना सन् २००३ मा श्रीलङ्कामा भएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter