• Saturday, April 12, 2025

सवारीधनी लाँदैनन् ब्ल्यु बुक र मार्ग अनुमतिपत्र

transport-departmentकाठमाडौँ, मङ्सिर ६ गते । सडक नियम उल्लङ्घन गरेर कारवाहीमा परेका धेरै सवारीधनीले सवारीधनी प्रमाणपत्र (ब्ल्यु बुक) र मार्ग अनुमतिपत्र लैजाने गरेका छैनन् ।

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय सानाठूला सवारी शाखामा अहिले पनि झण्डै पाँच वर्ष पहिलेदेखिका कागजात बाँकी छन् । झण्डै छ हजार वटा ब्ल्यु बुक र मार्ग अनुमतिपत्रका कागजात अहिले पनि पटके शाखामा छन् । पछिल्लो पाँच वर्षयता चारपाङ्ग्रे सवारीको तीन हजार ९६४ वटा कागजात सवारीधनीले लगेका छन् । धेरै समय राखेर मात्रै लिन आउने गरेको शाखामा कार्यरत सनिल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “कागजात थुप्रिएर राख्ने ठाउँ नै छैन ।”

साउनदेखि यता ४३१ वटा कागजात सवारीधनीले लगेका छन् । पहिले व्यवसायी सङ्घले कागजात लाने गरेकामा अहिले सवारीधनी आफैँले लान्छन् । सडक नियम उल्लङ्घन गर्दा ट्राफिक प्रहरीले एक हजारसम्म आफैँ चिट काट्ने र त्योभन्दा बढी हुँदा यातायात व्यवस्था कार्यालयमा सिफारिश गर्दछ । कार्यालयले तोकिएको जरिवाना रकम तिरेको रसिद हेरेर ती कागजात फिर्ता पठाउने गरेको कार्यालयका प्रमुख वसन्तप्रसाद पन्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ कागजात किन लिन आउँदैनन् भन्ने हामीलाई थाहा हुँदैन ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter