• Monday, April 14, 2025

निर्धारित समयमा परियोजना पूरा गर्नुपर्नेमा जोड

ADBकाठमाडौँ, मङ्सिर ७ गते । सरकारले विकास–निर्माणका परियोजना निर्धारित समयमा नै पूरा गर्न विकासका साझेदारहरूलाई आग्रह गरेको छ ।

एशियाली विकास बैङ्कको सहयोगमा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजना तथा तिनको कार्यान्वयनका समस्या एवं निकासका लागि सम्बन्धित निकायसँग छलफल गर्ने उद्देश्यले आज राजधानीमा भएको त्रिपक्षीय बैठकमा विकास–निर्माणका परियोजना निर्धारित समयमै पूरा गर्नका लागि सरकारले समन्वयकर्ताको भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

सो अवसरमा अर्थमन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले लक्ष्यअनुरुप सबै परियोजनाका काम सम्पन्न गर्न सम्बद्ध पक्षलाई आह्वान गर्दै परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि मन्त्रालयले सघाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कुनै पनि आयोजनालाई तोकिएको समयभित्र सम्पन्न गर्न दातृ निकाय, ठेकेदार र कार्यान्वयन पक्षले इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिदैं उहाँले सङ्घीयता कार्यान्वयनसँगै विकास–निर्माणका कार्यक्रम सञ्चालन पनि चुनौतीपूर्ण बनेको बताउनुभयो ।

एशियाली विकास बैङ्क, दक्षिण एशियाका नायब महानिर्देशक दिवेश शरणले परियोजना कार्यान्वयन र कार्यसम्पादनमा सुधार गरेमा नेपाललाई अझ बढी विकास सहायता प्राप्त हुने बताउनुभयो । सन् २०१४ को तुलनामा सन् २०१७÷०१८ मा नेपालले बढी रकम सहायता प्राप्त गरेको यथार्थ उहाँले प्रस्तुत गर्नुभयो ।

बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले केही परियोजनाले सकारात्मक परिणाम देखाएको उल्लेख गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र भूकम्पपछिको आपत्कालीन सहायताअन्तर्गत विद्यालय पुनःनिर्माण पनि द्रुत गतिमा भइरहेको जानकारी दिनुभयो ।

बैंकले मेलम्ची खानेपानी आयोजना, तनहुँ जलविद्युत् आयोजना, विद्यालय क्षेत्र सुधार परियोजना, क्षेत्रीय शहरी विकास आयोजना, हवाई यातायात क्षमता अभिवृद्धि, विद्युत् वितरण तथा आपूर्तिलगायत ३६ वटा परियोजनामा लगानी गरेको छ । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter