किसानको गाइगोठमा मन्त्री ः किसान दङ्ग

cow-shedकाठमाडौँ, मङ्सिर ८ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनाल अकस्मात रुपमा आज धुलिखेल नगरपालिकास्थित पात्लेखेतका रामबहादुर गौतमको गाईगोठ निरीक्षण गर्न पुग्नुभयो ।

मन्त्री खनाल त्यहाँ पुग्दा गौतम आप्mनो कृषि कर्ममा तल्लिन थिए । यद्यपि मन्त्रीलाई अकस्मात गोठमा देखेपछि उहाँ अचम्मित र खुशी हुनुभयो ।

कृषिमा युवाको चासो बढाउन मन्त्री खनालले किसानको घर गोठमा पुग्ने तदारुकता देखाउनु भएको छ । यस कार्यको पात्लेखेतका जनताले खुलेर प्रशंसा गरेका छन् ।

कृषि क्षेत्रको विकास तथा विस्तारका लागि राज्यले अनुदान र सहुलियतपूर्ण ऋणको व्यवस्था गरेको छ । त्यसको प्रभावकारी कार्यान्वयनका लागि विभागीय मन्त्रीले किसानको घर गोठमा पुग्दा धेरै विषयको जानकारी प्राप्त हुने धारणा कृषिविज्ञ कृष्ण पौडेलको छ ।

कृषक गौतमले झण्डै ८०० रोपनी जग्गामा तरकारी तथा फलफूल र ३०० भन्दा बढी गाईपालन गरेर उदाहरणीय काम गर्नुभएको छ ।

हालै गरिएको एक अध्ययनले नेपालको ४२ प्रतिशत जमिन बाँझो देखिएको छ तरपनि मलेसिया र खाडी मुलुकमा मात्र २० देखि ३५ वर्ष उमेर समूहका ४० देखि ५० लाख युवा वैदेशिक रोजगारमा जानुले मुलुकमा कृषि परनिर्भरता बढेको छ ।

मन्त्री खनालले खेतीबाट फाइदा हुन सक्छ भन्ने हिस्सा सानो रहेको र केही गर्छौ भन्नेसँग श्रम, प्रविधि र जमिनको अभाव रहेकाले कृषिमा परनिर्भरता बढेको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter