• Saturday, May 24, 2025

‘गैसस विकास निर्माणमा सरकारको परिपूरक’

krishna-baharud-mahara1काठमाडौँ, मङ्सिर १४ गते । सभामुख कृष्णबहादुर महराले गैरसरकारी संस्थाले विकास निर्माणका काममा सरकारको परिपूरकका रुपमा योगदान पु¥याएको बताउनुभएको छ ।

काठमाडौँमा आजदेखि शुरु भएको गैरसरकारी संस्था महासङ्घको नवौँ महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनको उद्घाटन गर्दै उहाँले नागरिक समाज तथा नागरिक सङ्गठनले शान्ति, मानव अधिकार, लोकतन्त्र र स्वतन्त्रताको रक्षकका रुपमा आफ्नो भूमिका खेलिरहेको उल्लेख गर्नुभयो ।

नागरिक सङ्गठनले राज्य र जनताबीच पुलको भूमिका खेल्नसक्ने बताउँदै उहाँले भन्नुभयो, “सरकार पुग्न नसकेका ग्रामीण समुदायसम्म सेवा प्रवाह गर्ने काममा होस् वा सङ्कटको घडीमा स्थानीय समुदायलाई राहत आपूर्ति गर्ने काममा नागरिक सङ्गठन एवं गैससले प्रभावकारी भूमिका निर्वाह गरेको मैले महसुस गरेको छु ।”

उहाँले स्थानीय स्रोत साधन, सीप र श्रमको समूचीत परिचालनमा गैरसरकारी संस्थाले जोड दिएमा आत्मनिर्भरताको विकास हुने र आन्तरिक उत्पादन वृद्धि हुनेमा जोड दिनुभयो । गैरसरकारी संस्थाको भूमिका निकै महत्वपूर्ण हुँदाहुँदै ती संस्थाले गर्ने कामको आर्थिक पारदर्शीता र दिगोपनामाथि विगतदेखि नै प्रश्न उठ्दै आइरहेको उहाँले बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घीय दिगो विकास लक्ष्य २०३० लाई प्रभावकारीरुपमा कार्यान्वयन गरी नेपालको मुहार फेर्नका लागि सरकार, संसद्, राजनीतिक दल, नागरिक सङ्गठन, निजी क्षेत्र, अन्तर्राष्ट्रिय सङ्घसंस्था र सिङ्गो सञ्चार जगत्ले साझा अभियान बनाई लाग्न जरुरी रहेको उहाँले औँल्याउनुभयो । दुई दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नेपाली सामाजिक सङ्घसंस्थाको छाता सङ्गठनका रुपमा महासङ्घले तीन दशकदेखि निरन्तर काम गर्दै आइरहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter