• Monday, June 09, 2025

खेलकूद प्रतिभा तथा युवा पत्रकारिता पुरस्कारबाट १४ जना सम्मानित

National Sports Councilकाठमाडौँ, मङ्सिर १४ गते । युवा तथा खेलकूद मन्त्रालयले खेलकूद र युवा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने १४ जनालाई खेलकूद प्रतिभा तथा युवा पत्रकारिता पुरस्कारबाट आज यहाँ सम्मान गरिएको छ ।

यसरी सम्मानित हुनेमा खेलकूद क्षेत्रतर्फ भारोत्तोलनका कमलबहादुर अधिकारी, तेक्वान्दोकी यानकुमारी चौलागाईं, एथलेटिक्सका विश्वरुपा बुढा र सोमबहादुर कुमाल, भलिबलकी निताकुमारी शाह र पारा तेक्वान्दोकी रञ्जना धाँमी छन् ।

त्यस्तै एथलेटिक्स प्रशिक्षक हरिबहादुर रोकाया, ब्याडमिन्टन रेफ्री दीपक थापा, खेल चिकित्सक अजय शमशेर जबरा र सङ्घसंस्थाबाट नेपाल बोसिया सङ्घ सम्मानित भएका छन् । सम्मानित सबैलाई जनही रु एक लाख नगदसहित खेलकूद प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।

त्यसैगरी युवा पत्रकारिता पुरस्कार पाउनेहरुमा गोरखापत्र दैनिक दाङकी सविता शर्मा, सामुदायिक सूचना नेटवर्क बाँकेका लीलाप्रकाश चन्द, जनता टेलिभिजन मकवानपुरका रामकुमार रिजाल र अनलाइन खबर बाग्लुङका विश्वास बुढाथोकी हुनुहुन्छ । उनीहरुले जनही रु ५० हजार प्राप्त गरेका छन् ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्ट, उपाध्यक्ष पीताम्बर तिमल्सिना लगायतले उहाँहरुलाई सो पुरस्कारबाट सम्मान गर्नुभयो ।

सो अवसरमा खेलकूदमन्त्री विश्वकर्माले यस किसिमको सम्मानले खेलाडीमा आत्मबल बढ्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रमा भएका कमीकमजोरीलाई सुधार्दै लैजाने धारणा व्यक्त गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter