• Tuesday, June 10, 2025

नयाँ वर्षमा पाइपबाट तेल

Petroleum Pipelineशिवशङ्कर मिश्र / बारा, मङ्सिर १४ गते । नयाँ वर्ष २०७६ को पहिलो साता पाइपलाइनबाट तेल भित्रिने दाबी गरिएको छ । अमलेखगञ्ज डिपोका क्षेत्रीय प्रमुख प्रदीप यादवले त्यसका लागि कार्य द्रुत रूपमा भइरहेको बताउनुभयो । भारतबाट नेपालका लागि आयात हुने पेट्रोल, डिजल र मट्टीतेलको मोतीहारी, रक्सौल हुँदै अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन परियोजनाको निर्माण कार्य भइरहेको हो ।

प्रतिघण्टा २५० लिटर पेट्रोलियम पदार्थ पाइपबाट भित्रिने र पहिलो चरणमा परीक्षणका लागि डिजेल आउने उहाँले जानकारी दिनुभयो ।

एक वर्ष अवधि राखिएको एक वर्षअघि शुरु भएको परियोजना २०१८ को अन्त्यसम्म पाइपलाइनको निर्माण कार्य सम्पन्न गरिने लक्ष्य लिएको थियो । त्यसका लागि अहिले समूह–समूहमा इन्जिनियरको टोली स्थलगत खटाइएको परियोजना तथा क्षेत्रीय प्रमुख यादवले बताउनुभयो ।

योजनाको कार्य पूरा गर्न कुनै बाधा, अवरोध नआए, बढीमा साढे तीन महिना अझ लाग्न सक्ने उहाँले भन्नुभयो । यो योजनाको लागत करिब तीन सय करोड भारु रहेको जनाइएको छ ।

पाइपलाइनको कार्य सम्पन्न भएपछि ट्याङ्कर मार्फत ढुवानी हुने प्रतिमहिना दुई करोड अर्थात वार्षिक २४ करोड नेपालको बचत हुने यादवले बताउनुभयो ।

यो बाटो भएर पेट्रोल ३१ करोड ७५ लाख ७५ हजार ४२४ लिटर, डिजल चार करोड ९७ लाख २५ हजार ६७३ र २९ लाख १४ हजार ८७२ लिटर मट्टीतेल वार्षिक आयात हुने गरेको निगमले जनाएको छ ।

एउटै खाल्डोमा पेट्रोल, डिजल र मट्टीतेलको पौने ११ इन्चको एमएस माइलस्टिल पाइप ओछ्याउने कार्य तीव्र गतिमा भइरहेको परियोजना कार्यालय, सिमराका प्रमुख इन्जिनियर शरदप्रसाद पौडेलले जानकारी दिनुभयो । बरौनीदेखि कानपुरसम्मको पाइपलाइनबाट पटना टर्मिनलमा पाइप बिछ्याउने कार्यको सर्भे पनि भइसकेको उहाँले बताउनुभयो ।

पटनादेखि मोतीहारी १५.४ किलोमिटर, मोतीहारीदेखि नेपाल बोर्डर ३२.७१५ किलोमिटर र बोर्डरदेखि अमलेखगञ्ज ३६.२०६ किलोमिटर दूरीको निर्माण कार्यमा २२ किलोमिटरमा पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भइसकेको छ ।

१४ किलोमिटर मध्ये नौ किलोमिटर जङ्गल र पाँच किलोमिटर गण्डक चोकदेखि परवानीपुरसम्म बोरिङ मार्फत पाइप बिछ्याउने कार्य भइरहेको उहाँले बताउनुभयो ।

भारतीय आयल कार्पोरेसन लिमिटेड र नेपाल सरकारको संयुक्त लगानीमा रक्सौलदेखि अमलेखगञ्जसम्म ४१ किलोमिटरभित्र सार्वजनिक स्थलमा भौतिक पूर्वाधारमा क्षति पुग्ने भएकाले सो क्षेत्रमा बोरिङ प्रविधिमार्फत फेज÷फेज गरी पाइप गाड्ने काम भइरहेको इन्जिनियर पौडेलले जानकारी दिनुभयो ।

अहिले चार ठाउँमा जीतपुर, परवानीपुर तथा नेपाल–भारत सीमा क्षेत्रको वीरगञ्ज भन्सार एरिया स्थित रजत जयन्ती चोक र बाइपास क्षेत्रमा मेसिनको माध्यमबाट पाइप बिछ्याउने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter