पारिश्रमिक रकम वृद्धाश्रमलाई

elderly people Nepalडोटी, माघ ७ गते । दिपायल सिलगढी नगरपालिका–३ का वडा सदस्य कृष्णबहादुर सुनारले आफुले पाउँदै आएको पारिश्रमिकवापतको रकम सिलगढीमा रहेको पुज्य धर्मान्तक वृद्धाश्रमलाई दिने घोषणा गर्नुभएको छ ।

नगरपालिकाको बैठक भत्ता लगायत थप अन्य पाउने सबै सुबिधा उहाँले सो आश्रमलाई दिने घोषणा गर्नुभएको हो । आज पत्रकार सम्मेलन गरेर उहाँले आफुले नगरपालिकाबाट पाउँदै आएको मासिक रु दुई हजार ५०० सो आश्रमलाई दिने घोषणा गर्नुभएको छ ।

गत जेठ २ गते खोलिएको सो बृद्धआश्रममा हाल चार बृद्ध रहेका आश्रम सन्चालक समितिका उपाध्यक्ष गणेश बमले जानकारी दिनुभयो । आश्रममा पुर्विचौकी २ बगलेक का ७३ वर्षीय रघु साँउद दिपायल सिलगढी–६ का ६५ बर्षीय भरत श्रेष्ठ, शिखर नगरपालिकाका ८५ वर्षीय किरुवा भुल र सायल गाउँपालिक–२ का अपाङ्ग अमरबहादुर सिंहले आश्रय लिईरहनुभएको छ ।रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter