तीन राजदूत अनुमोदित

government logoकाठमाडौँ, माघ ८ गते । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सरकारद्वारा विभिन्न मुलुकमा सिफारिश भएका तीन राजदूतलाई आज अनुमोदन गरेको छ ।

समिति बैठकले राजदूतमा सिफारिश भएका क्यानडाका लागि भृगु ढुङ्गाना, स्वीट्जरल्याण्डका लागि मणिप्रसाद भट्टराई र कुवेतका लागि दुर्गाप्रसाद भण्डारीलाई अनुमोदन गरेको हो । बैठकमा तीनै जनाले आआफ्नो कार्यानुभव र भावी कार्ययोजनाका बारेमा प्रस्तुति दिनुभएको थियो । समिति सदस्यले प्रस्तावित राजदूतका योजनामाथि जिज्ञासा राख्दै गर्नुपर्ने थप कामका बारेमा सुझाव दिनुभएको थियो ।

बैठकले सरकारले राजदूत सिफारिश गर्दा संविधानको समावेशिताको भावना र मर्मबमोजिम नभएको भन्दै आगामी दिनमा त्यस विषयलाई पालना गर्न सरकारलाई निर्देशन दिएको छ । सो विषयमा आगामी बैठकमा परराष्ट्रमन्त्रीलाई बोलाएर छलफल गरिने समिति सभापति लक्ष्मर्णलाल कर्णले जानकारी दिनुभयो ।

समितिबाट अनुमोदित तीनै जना परराष्ट्र मन्त्रालयका सहसचिव हुनुहुन्छ । मन्त्रिपरिषद्को गत पुस ६ र ९ गते बसेको बैठकले भट्टराईलाई संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोग, जेनेभाको स्थायी प्रतिनिधि एवं स्वीट्जरल्याण्डका लागि आवासीय तथा इटाली, सानमारियो र लिस्टेन्स्टाइनका लागि गैरआवासीय राजदूतमा सिफारिश गरेको थियो ।

सोही बैठकले ढुङ्गानालाई क्यानडाका लागि आवासीय र क्युबा तथा जमैकाका लागि गैरआवासीय राजदूत तथा भण्डारीलाई कुवेतका लागि आवासीय र इराकका लागि गैरआवासीय राजदूतमा सिफारिश गरेको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter