प्राकृतिक कारणले गैँडा मर्दै

चितवन, फागुन १६ गते । चितवन राष्ट्रिय निकुञ्जमा सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३७ वटा गैँडा शिकारीले मारेका थिए । योसँगै संरक्षणका लागि सरकार र दातृ निकायले चासो दिएपछि झण्डै दुई वर्षयता शिकारीले गैँडा मार्न सकेका छैनन् तर प्राकृतिक कारणले हालसम्मकै धेरै गैँडा मरेपछि संरक्षणका क्षेत्रमा चासो र चिन्ता बढेको छ ।

निकुञ्जमा चालू आवकोे हालसम्म प्राकृतिक कारणले ३२ वटा गैँडा मरेका छन् । गत आर्थिक वर्षभरिमा २५ वटा प्राकृतिक कारणले मरेका थिए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार हालसम्मकै धेरै गैँडा प्राकृतिक कारणले मरेपछि यसको कारणको खोजी भइरहेको छ ।

विसं २०५८ मा एकै वर्ष ३७ गैँडा चोरीशिकारीले मारेका थिए । त्यसपछिका वर्षमा चोरीशिकार क्रमशः घट्दै गएर नियन्त्रणमा आएको छ । निकुञ्जभित्र प्राकृतिक कारणले मरेकामा भाले–भाले जुधेर, ढिस्कोबाट लडेर, गोहीले हानेर, बाघले खाएर, बच्चा पाउन नसकेर, दलदलमा फसेर, बिरामी भएर र बूढो भएर कालगतिबाट मर्ने गरेका छन् ।
निकुञ्जका प्राविधिक पुरुषोत्तम पाण्डेका अनुसार मङ्गलबार मात्रै दुई बच्चा गैँडा मरेका छन् । उहाँका अनुसार कुमरोजमा दुई हप्ताको भाले बच्चा गोहीले हानेर मरेको हो । फागुन ८ गते घाइते भएको बच्चा मङ्गलबार मरेको हो । यसैगरी निकुञ्जको खोरिया मुहानमा तीन वर्षको पोथी बच्चा गैँडाको भालेले हानेर मरेपछि मङ्गलबार नै शवपरीक्षण गरिएको थियो ।

गैँडाको औसत आयु ६० वर्ष हुन्छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले सङ्ख्या बढ्दै गएपछि प्राकृतिक कारणले मर्नेको सङ्ख्या पनि बढ्दै गएको बताउनुभयो । अघिल्लो वर्षको बाढीले गैँडाको समूहलाई तितर बितर बनाएपछि प्राकृतिक कारणले बढी गैँडा मरेको ढकाल बताउनुहुन्छ ।

निकुञ्ज विभागले प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि पर्यावरणविद्को संयोजकत्वमा कार्यदल बनाएर अनुसन्धान गरिरहेको छ ।

निकुञ्जको तथ्याङ्कअनुसार सन् २०१४ मा आठ, २०१५ मा १५, २०१६ मा १४ र सन् २०१७ मा २४ वटा गैँडा प्राकृतिक कारणले मरेका थिए ।

यसअघि चोरी–शिकारबाट सबैभन्दा बढी सन् २००२ मा ३६, सन् २००३ मा ३०, सन् २००५ मा १६ र सन् २००० मा १५ वटा गैँडा मारिएका थिए । २०७३ साल चैत २५ गतेपछि चोरी–शिकारबाट भने गैँडा मर्न पाएका छैनन् । चोरी–शिकारबाट गैँडा नमरे पनि प्राकृतिक कारणबाट मर्ने सङ्ख्या बढेपछि चिन्ता व्यक्त गरिएको हो । पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा छन् । यसै आर्थिक वर्षमा पुनः गैँडाको गणना हँुदैछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter