उपत्यकाबाट २८ मेट्रिक टन फोहर व्यवस्थापन…

काठमाडौँ, फागुन १८ गते । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

वाग्मती सफाइ महाअभियानको ३०३ औँ हप्तामा टेकु दोभानस्थित नदी क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा तीनवटै सुरक्षा निकाय, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, मुक्तिनाथ विकास बैंकलगायत दुई दर्जन संस्थाका ३०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

नदी किनारको ललितपुरतिरको भागमा म्याद सकिएका औषधि ल्याएर गाडी फोहर बनाउँदै आएको इञ्जेक्सन नेपाललाई महानगरपालिकाले रु २० हजार जरिवाना गराएको छ ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको २६५ हप्तामा महाशिवरात्रिको तयारीस्वरुप गौरीघाटबाट गुह्येश्वरी मन्दिर अघिको नदी किनारसम्म सफाइ गरियो । यसैगरी वाग्मती सफाइ अभियानका अभियानकर्मीले दुई वर्षपछि मकर मेला लाग्ने पनौतीको त्रिवेणीधाममा सफाइ गरेका छन् । पुण्यवती, लीलावती र रुद्रवती गरी तीन नदीको सङ्गमस्थलमा सफाइ गरिएको छ ।

सफाइमा स्थानीय जनप्रतिनिधि, वाग्मती सफाइ अभियानकर्मीलगायत स्थानीयवासीको सक्रिय सहभागिता थियो । दुवै सफाइ अभियानबाट पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

रुद्रमती सफाइ अभियानको २५८ हप्तामा रातोपुल–सेतोपुल–मैतीदेवी क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा काठमाडौँ महानगरपालिका– ३० सहितका २०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

विष्णुमती सफाइको २३० औँ हप्तामा तारकेश्वर नगरपालिका–१० क्षेत्रमा सफाइ गरिएको छ । सफाइबाट पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले बताउनुभयो । सफाइमा वडाध्यक्ष अमृत थापा, स्थानीय महिला समूह, तीनवटै सुरक्षा निकाय, तारकेश्वर र विनायक सफाइ कम्पनी प्रालिको पनि सक्रियता थियो ।

तिलगङ्गा क्षेत्रको वाग्मती सफाइको २०४ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । तिलगङ्गा महिला समूहलगायत संस्थाको सक्रियतामा सफाइ अभियान भइरहेको छ ।

चक्रपथ सफाइको ९९ औँ हप्तामा नारायणगोपाल चोकबाट ग्रीनसिटी अस्पतालसम्म सफाइ गरियो । २८० अभियानकर्मीको सक्रियतामा भएको सफाइमा १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक लोकबहादुर टण्डनले राससलाई जानकारी दिनुभयो ।

विसं २०७३ वैशाख २ गतेदेखि शुरु भएको सफाइ अभियान यही फागुन २५ गते शनिबार १०० हप्ता पूरा गर्दैछ । १०० हप्ता पूरा गरेको अवसरमा अर्को शनिबार विशेष कार्यक्रमको तयारी गरिएको चक्रपथ सफाइ अभियानकर्मी तिलक बस्नेतले बताउनुभयो ।

आलोकनगर सफाइको ९९ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक प्रमिला पौडेलले बताउनुभयो । सडक एवं नदी किनारमा रोपिएका बिरुवा संरक्षण गरी हुर्काउने सम्बन्धमा टोलवासीबीच छलफल पनि भएको उहाँले बताउनुभयो ।

चक्रपथ बाफल खण्ड सफाइको ८१ औँ हप्तामा कलङ्कीचोकबाट स्युचाटार पुलसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक ताराबहादुर कुँवरले राससलाई जानकारी दिनुभयो ।

आइतबारदेखि वीरगञ्जमा शुरु हुने नेपालकै पहिलो अश्वमेध महायज्ञको पूर्वसन्ध्यामा आज त्यहाँ पनि वाग्मती सफाइ महाअभियानका अभियानकर्मीले सफाइ गरेको गोविन्द काफ्लेले जानकारी दिनुभयो । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानका प्रभावले हालसम्म देशका १०३ स्थानमा साप्ताहिक रुपमा सफाइ जागरण भइरहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter