चितवनमा दुई लाखले स्वास्थ्य बिमा गरे

कष्ण आचार्य, भरतपुर, फागुन १९ गते । चितवनमा साढे दुई लाख नागरिकले स्वास्थ्य बिमा गरेका छन् । स्वास्थ्य बिमा लागू भएपछिको अवधिमा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत स्वास्थ्य बिमा गर्ने नागरिकको सहभागिता उत्साहजनक देखिएको छ ।

अठ्तीस जिल्लामा लागू भएको यो कार्यक्रम चितवनमा सबैभन्दा बढी प्रभावकारी भएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम चितवनका समन्वयकर्ता नारायण सापकोटाले बताउनुभयो । ‘‘देशभर १६ लाख नागरिकले स्वास्थ्य बिमा गरेका छन्’’, सापकोटाले भन्नुभयो “त्यसमध्ये साढे दुई लाख चितवनका मात्रै छन् ।” बिमा गर्ने र सेवा लिने दुबैमा चितवन अगाडि रहेको उहाँले बताउनुभयो ।

गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले बिमा कार्यक्रम लागू गरेको थियो । दिन प्रतिदिन बिमाप्रति नागरिकको आकर्षण बढेको सापकोटाले बताउनुभयो । ‘‘वार्षिक रुपमा बिमा नवीकरण गर्नेको सङ्ख्या पनि राम्रो छ’’, उहाँले भन्नुभयो’,“नवीकरण नगरेका पनि बिरामी भएपछि आफै बिमा गर्नका लागि खोज्दै आउने गरेका छन् ।” सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम गतवर्षको असार १ गतेबाट चितवनमा लागू गरिएको हो ।

चितवनको भरतपुर अस्पताल, भरतपुर आँखा अस्पताल, रत्ननगरको बकुलहर अस्पताल, माडीको बघांैडा अस्पताल तथा शिवनगर, जुटपानी र खैरहनी प्राथमिक स्वास्थ्य केन्द्रलाई मात्र स्वास्थ्य बिमा कार्यक्रमको प्रथम सेवा विन्दु तोकिएको छ । अस्पतालमा बिमा गरिसकेका सदस्यले सरकारले तोकेको अस्पतालबाट रु ५० हजारसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्नेछन् ।

क्यान्सर अस्पताल र चितवनका दुई मेडिकल कलेज रिफरल अस्पतालको रुपमा बिमा कार्यक्रम लागू हुनेछ । विशेषज्ञ चिकित्सक नभएका अस्पताल र स्वास्थ्य केन्द्रमा बिमा कार्यक्रम लागू हुँदैन् ।

चितवनमा शुरुमा दुई मेडिकल कलेजलाई पनि प्रथम केन्द्रविन्दुको स्वास्थ्य बिमाको कार्यक्रम दिइएको थियो । भदौ १ गतेदेखि निजी मेडिकल कलेजमा प्रथम विन्दुको सेवा हटाएर रिफरल मात्र तोकिएको छ ।

निजी अस्पतालमा बिमा कार्यक्रम सञ्चालन गर्दा नियमन गर्न समस्या भएको सापकोटाले बताउनुभयो । जिल्लामा १३५ जना अभिकर्तामार्फत बिमा गराउने काम भइरहेको छ । भरतपुर महानगरपालिकामा ५९ जना, रत्ननगर नगरपालिकामा २८ जना, खैरहनी नगरपालिकामा १२ जना, कालिका नगरपालिकामा १० जना, राप्ती नगरपालिकामा १२ जना, माडी नगरपालिकामा नौ जना र इच्छाकामना गाउँपालिकामा पाँचजना अभिकर्ता परिचालन गरिएको छ ।

परिचयपत्रको आधारमा बिमा गरिसकेका सदस्यले सरकारले तोकेको अस्पतालबाट रु ५० हजारसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सकिन्छ । पाँच जनाभन्दा माथिको परिवारको हकमा भने प्रतिव्यक्ति रु १० हजारका दरले क्षतिपूर्ति दिइने व्यवस्था रहेको छ । पाँच जनाको परिवारले बिमा शुल्कवापत प्रत्येक वर्ष रु दुई हजार ५०० का दरले शुल्क बुझाउनुपर्छ ।

अतिरिक्त सदस्यले भने रु ४२५ का दरले शुल्क बुझाउनुपर्छ । सरकारले अति विपन्न नागरिकलाई शतप्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीबीको रेखामुनि रहेका नागरिकलाई ५० प्रतिशतका दरले बिमा रकमवापतको शुल्क तिरिदिने व्यवस्था छ ।

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बिमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपिडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सकिन्छ ।

सरकारले तोकेको निःशुल्क औषधि प्राप्त गर्न सकिन्छ । तर, व्यक्तिगत झै–झगडाका कारण चोटपटक लागेमा, लागू तथा मादकपदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोटपटक लागेमा, गर्भपतन गरेमा, कस्मेटिक सर्जरी गरेमा भने यो सेवा पाइँदैन ।

डेढ वर्षमा एक लाखलाई सेवा

स्वास्थ्य बिमा कार्यक्रममार्फत भरतपुर अस्पतालबाट डेढ वर्षको अवधिमा एक लाख जनाले सेवा लिएका छन् । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार बिमा प्रयोग गर्दै दैनिक पाँचदेखि ७०० बिरामी अस्पताल आउने गरेका छन् ।

‘‘दैनिक अस्पताल आउने बिरामीको आधा बिरामी बिमा प्रयोग गर्नेछन्’’, पौडेलले भन्नुभयो, “अस्पतालमा बिरामीको चापले यो कार्यक्रम निकै प्रभावकारी देखिएको छ ।” अस्पतालको फार्मेसीबाट ७० प्रतिशत बिमाको औषधि दिन सफल भएको उहाँले बताउनुभयो । बिमामार्फत सेवा लिन आउने बिरामीमा धेरै निम्न र मध्यम वर्गका नागरिक भएको पौडेलले बताउनुभयो ।

थोरै रकमबाट ढुक्कसँग रु ५० हजारसम्मको उपचार पाउने भएपछि यसको आकर्षण बढेको उहाँले बताउनुभयो । सरकारको सबै व्यक्तिको स्वास्थ्य बिमा गर्ने लक्ष्यका साथ कार्यक्रम लागू गरेको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter