नेपालीस्याट–१’ भूउपग्रह वैशाख ४ मा प्रक्षेपण गरिने

ललितपुर, फागुन २० गते । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले आउँदो बैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने भएको छ ।

जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक निर्माण गरेको नेपालीस्याट–१ नामक भूउपग्रह प्रक्षेपण गरिन लागिएको हो । यही फागुन ३ गते विश्वविद्यालयले पत्रकार सम्मेलन गरी बैशाखमा प्रक्षेपणको तयारी भने पनि गते निश्चित गरिएको थिएन् । “करिव ४०० किलोमिटरमाथि आकाशबाट भूउपग्रह प्रक्षेपण गर्ने तयारी अघि बढेको छ,” नाष्टका उपकुलपति सानोबाबु श्रेष्ठले भन्नुभयो, “त्यसका लागि नाष्टको कार्यालयमा विभिन्न योजना निर्माणको काम भइरहेको छ । ”

भूउपग्रह निर्माणबाट विगतमा नेपालले लिने गरेका विभिन्न तथ्य तथा तथ्यांक सङ्कलनमा खर्च हुने रकम जोहो हुने भएको छ । नेपालले भावी दिनमा आफ्नै पहलमा सम्पूर्ण जानकारी लिन सक्ने छ । सो भूउपग्रहको माध्यमबाट अन्य देशले प्रक्षेपण गरेको अर्काे भूउपग्रह नजिक पर्दा त्यसबाट पनि थप सेवा लिन सकिने बताईएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter