जडीबुटी युरोप र अमेरिका निर्यात

राँझा, फागुन २४ गते । कच्चा पदार्थको रुपमा किनबेच हुने जडीबुटीलाई यहाँका व्यवसायीले नेपालगञ्जमै प्रशोधन गरी युरोप र अमेरिका निर्यात गर्न थालेका छन् ।

कच्चा जडीबुटी निर्यात गर्दा ठूलो झण्झट भएपछि व्यवसायीले नेपालगञ्जमा प्रशोधन कारखाना सञ्चालन गरेर प्रशोधित जडीबुटी प्याकिङ गरी युरोप र अमेरिकालगायत मुलुकमा बिक्री गर्न थालेका हुन् ।

कर्णाली प्रदेशलगायत हिमाली र पहाडी जिल्लामा उत्पादन हुने जडीबुटी सङ्कलन गरेर नेपालगञ्जमा भण्डारण गरी निर्यात गर्दै आएका व्यवसायीले कच्चा पदार्थ मात्र निर्यात गर्दा लाभ नहुने भएपछि प्रशोधन गरेर बिक्री गर्न थालेका हुन् ।

नेपाल जडीबुटी व्यवसायी सङ्घका कार्यालय प्रमुख पुष्कर खरेलका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा अमला पाउडर एक हजार २० किलो, अश्वगन्धा पाउडर चार हजार ६०० किलो र सितल चिनी पाउडर एक हजार २० किलो इटली, जर्मन र फ्रान्समा निर्यात भएको थियो ।

चालू आर्थिक वर्ष २०७५÷७६ को साउनदेखि पुससम्म अश्वगन्धा तीन हजार ५०० किलोग्रम प्रशोधित जडिबुटी अमेरिका निर्यात भएको छ । नेपालगञ्ज जडीबुटी कारोवार हुने प्रमुख क्षेत्र हो । यहाँबाट विषेशगरी भारतमा जडीबुटी निर्यात हुन्छ । अहिले युरोप र अमेरिकामा बजार खोज्ने काम भइरहेको छ सङ्घका अध्यक्ष मोहम्मद याकुव अन्सारीले बताउनुभयोे ।

प्रशोधन गरी भारतबाहेक तेस्रो मुलुकमा बिक्री भइरहेको जडीबुटी प्रारम्भिक चरणको भएकाले न्यून रहेको उहाँको भनाइ थियो । “नेपालगञ्जमा प्रशोधन भएको जडीबुटीले युरोप र अमेरिकी बजारमा स्थान पाउनु राम्रो कुरा हो ।” अन्य मुलुकमा समेत जडीबुटी प्रमुख निर्यातकर्ता रवीन्द्रनाथ शुक्लाले भन्नुभयो “यसको परिमाण बढाउन र यो बजारलाई स्थायी बनाउन स्वयं व्यवसायी र सरकारका तर्फबाट धेरै गर्न बाँकी छ ।”

प्रशोधन गरी निर्यात गरिने जडीबुटीमा लगाइने प्रशासनिक झण्झट अन्त्य गर्ने हो भने यसको आकार बढ्ने उहाँको भनाइ थियो । निर्यातकर्ता शुक्लाका अनुसार प्रशोधित जडीबुटीको गुणस्तरलाई प्राथमिकता दिए युरोप र अमेरिकी बजारमा यहाँको जडीबुटीको पहिचान हुनेछ । कच्चा पदार्थ बिक्री गरेर मात्र नेपालको जडीबुटीले बजारमा राम्रो मूल्य पाउन नसकेपछि प्रशोधन नै गर्ने गरी स्थानीय व्यवसायीले ठूलो लगानीमा उद्योग खोलेका हुन् ।

सत्यम इन्टरनेशनल, बाहुवली हर्वल, हिमालय हर्वलजस्ता उद्योगले यहाँ भण्डारण हुने जडीबुटी प्रशोधन गरेर बिक्री गर्दै आएका छन् । जडीबुटी व्यवसायी सङ्घका पूर्वउपाध्यक्ष शकीलअहमद जसगढले कच्चा पदार्थभन्दा प्रशोधित जडीबुटी निकासीमा सहज र मुनाफासमेत हुने गरेको बताउनुहुन्छ ।

सरकारका तर्फबाट पनि प्रशोधित जडीबुटी निर्यातका लागि लाई प्राथमिकता दिए पनि व्यवहारमा कार्यान्वयन हुननसकेको उहाँको गुनासो थियो । “हालसम्म जेजति गरिरहेका छौँ, सबै निजी क्षेत्रका व्यवसायीबाट भएको छ”, जसगढले भन्नुभयो, “सरकारले जडीबुटी व्यवसायीलाई सधैँ आश्वासन दिनेमात्र काम भएको छ, सरकारी सहयोग हुनसके नेपाली जडीबुटीले युरोप र अमेरिकामा स्थायी बजार बनाउन सक्दछ ।”

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter