• Tuesday, April 22, 2025

संयुक्त राष्ट्रसङ्घमा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, फागुन २५ गते । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले महासचिव एन्टोनियो गुटरेससमक्ष शुक्रबार ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो ।

त्यस अवसरमा महासचिव गुटरेसले हालै नेपालमा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्रीसहित अन्यको निधन भएकामा हार्दिक समवेदना व्यक्त गर्नुभएको न्यूयोर्कस्थित नेपालको स्थायी नियोगले शनिबार जनाएको छ ।

महासचिव गुटरेसले स्थायी प्रतिनिधि राईको स्वागत गर्दै नेपालसँगका आफ्ना विगतका सम्झना सुनाउनुका साथै संयुक्त राष्ट्रसङ्घका उद्देश्य र लक्ष्यप्रति नेपालबाट प्राप्त ऐक्यवद्धता एवं समर्थनको सराहना गर्नुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका तर्फबाट महासचिव गुटरेसलाई अभिवादन गर्दै स्थायी प्रतिनिधि राईले नेपालको विकासका साथै शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसङ्घबाट निरन्तर सहायता प्राप्त भएकामा हार्दिक आभार व्यक्त गर्नुभयो ।

उहाँले अन्तर्राष्ट्रिय चासोका महत्वपूर्ण विषयका साथै निःशस्त्रीकरण, शान्ति स्थापना, दिगो विकास र मौसम परिवर्तनजस्ता मामिलामा नेपालले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter