• Tuesday, May 20, 2025

बालबालिका योग्य नागरिक बन्नुपर्छ : मन्त्री विश्वकर्मा

काभे्रपलाञ्चोक, फागुन २९ गते । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले आजका बालबालिका भविष्यको योग्य नागरिक बन्नुपर्ने बताउनुभएको छ । धुलिखेल नगरपालिका–६ बड्खेलमा आज सिद्धार्थ बालगृहको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा भन्नुभयो, “भाइबहिनी तपाईँहरु असल नागरिक बनेर देशको सेवामा लाग्नुपर्छ, यसका लागि समयसापेक्ष राम्रो अध्ययन आवश्यक हुन्छ ।” उहाँले समाजलाई सकारात्मक दिशातर्फ लैजान पनि असल नागरिकको खाँचो रहेको बताउनुभयो ।

मन्त्री विश्वकर्माले बालबालिकाको प्रतिभा प्रष्फुटनमा अविभावकले उचित अवसर दिनुपर्ने बताउनुभयो । “मुलुकलाई अझै बहुआयमिक नागरिकको खाँचो छ”, उहाँले थप्नुभयो, “बालबालिकामा अन्तर्निहित प्रतिभा उजागर गरी बहुआयामिक बनाउनु जरुरी हुन्छ ।” मन्त्री विश्वकर्माले अप्ठेरोमा परेका बालबालिकाको अधिकार स्थापित गराउन प्रत्येक नेपाली सजग रहनुपर्ने बताउनुभयो । बालबालिकाको संरक्षणमा सबै पक्ष उत्तिकै लाग्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले अब स्वास्थ्य, शिक्षा र आवासबाट कोही पनि वञ्चित नहुने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “आम नागरिकको स्वास्थ्य, शिक्षा र आवासको प्रत्याभूति राज्यको हो ।”

गैरसरकारी संस्था महासङ्घ नेपालका महासचिव रामप्रसाद सुवेदीले संरक्षणविहीन बालबालिकाको विषयमा गम्भीर हुन र संरक्षणका नाममा विकृति फैलाउनेलाई कारवाही गर्न सरकारसँग आग्रह गर्नुभयो । बालबालिकाको निमित्त गैसस महासङ्घका अध्यक्ष मनोज कँडेलले गैससले असहाय बालबालिका संरक्षण गरी सहयोग गरेकोमा सरकार खुशी हुनुपर्ने बताउनुभयो ।

बालगृह महासङ्घका अध्यक्ष दुर्गादेवी मैनालीले नेपालका ५६३ बालगृहमा करीब २० हजार असहाय बालबालिका संरक्षित भएको जानकारी दिँदै ती बालबालिकाको जन्मदर्ता प्रक्रियामा राज्यको सहयोगको आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा सिद्धार्थ बालगृहका अध्यक्ष सर्मिला श्रेष्ठले जर्मन हेल्प फाउण्डेशनको करीब रु पाँच करोडको सहयोगमा १८ कोठे भवन निर्माण गरिएको जानकारी दिनुभयो । उक्त बालगृहमा हाल ४८ जना बालबालिका संरक्षित छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter