• Tuesday, April 22, 2025

चैत ५ गते काठमाडौं युथ कनक्लेभ–२०७५ हुने

काठमाडौं, चैत ३ गते । ‘काठमाण्डौ युथ कनक्लेभ’ चैत्र ५ गते काठमाण्डौँमा आयोजना हुने भएको छ । युनिभर्सल कलेज, न्यू समिट कलेज, अपोलो इन्टरनेशनल कलेज, काठमाण्डौ मोडेल कलेज तथा हिमालय कलेज अफ इन्जिनेरिङको संयुक्त आयोजनामा यही चैत्र ५ गते प्रज्ञा भवन, कमलादी, काठमाण्डौमा ‘‘काठमाण्डौ युथ कनक्लेभ–२०७५” हुने भएको हो ।

आइतबार रिपोर्टर्स क्लबमा आयोजक कलेजका प्रतिनिधिहरुले पत्रकार सम्मेलन गरेर उक्त कनक्लेभको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएका हुन् ।

युनिभर्सल कलेज, शान्तितगरका प्राचार्य डा.शिवदत्त ज्ञवालीले १०+२ पछि पनि स्वदेशमै उच्च शिक्षा दिन आफूहरु सक्षम रहेको र विश्वस्तरीय प्रतिष्पर्धी शिक्षा प्रदान गर्न सक्षम रहेको सन्देश दिन पनि यो कनक्लेभ आयोजना गर्न लागिएको भन्दै उद्देश्यबारे प्रकाश पार्नुभयो ।

उहाँले भन्नुभयो– ,‘देशको जनसंख्याको झण्डै ४० प्रतिशत जनसंख्या युवायुवतीहरु भएको समूदायलाई एउटै मञ्चमा ल्याई देशका विभिन्न क्षेत्रमा ख्यातिप्राप्त, अनुभवी तथा उल्लेख्य प्रगति गरेका व्यक्तिहरुको ज्ञान, सिप र अनुभव बाँडी यो वर्गलाई चौतर्फी विकासमा योगदान पुर्याउन युवाहरुलाई उत्साहित, अभिप्रेरित तथा दिशानिर्देश गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागेका छौं ।’

डा. ज्ञवालीले नेपालमै उच्च शिक्षा प्रदान गरी देशको आर्थिक विकासमा सक्रिय नेतृत्व दिई स्वरोजगारका अवसरहरु सिर्जना गरी देश सेवामा अभिप्रेरित गर्न पनि यस कार्यक्रमले ठूलो योगदान गर्ने बताउनुभयो । सो कनक्लेभको प्रमुख अतिथि भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा प्रतिनिधि सभाका सदस्य योगेश भट्टराई रहेको रहने आयोजकले जनाएको छ ।

यस्तै, सो कनक्लेभमा नेपालका सफल बैंकर अनिल केशरी शाहले ‘द पावर अफ युथस् ईन नेशन बिल्डिङ’ भन्ने शीर्षकमा आफ्नो लेक्चर दिनुहुनेछ । प्रधानमन्त्रीका आईटी विज्ञ अस्गर अलीले ‘द फ्युचर अफ ई–कमर्स एण्ड आईटी सेक्टर ईन नेपाल र द जर्नी फ्रम स्र्टाटअप्स टु अन्टरप्रेन्युअर’ शीर्षकमा प्रवचन दिनुहुनेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter