• Tuesday, April 15, 2025

इयूको दूतावास लाजिम्पाटमा, उपराष्ट्रपतिद्वारा उद्घाटन

काठमाडौँ, चैत ४ गते । युरोपेली सङ्घको प्रतिनिधिमण्डलको राजदूतावास लाजिम्पाटमा स्थायीरुपमा स्थानान्तरण भएको छ ।

लैनचौरमा भाडाको भवनमा रहेको उक्त दूतावास डेनमार्कको पुरानो राजदूतावासमा स्थानान्तरण भएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले आज अपराह्न नयाँ भवन परिसरमा आयोजित विशेष कार्यक्रममा दूतावासको उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा नेपालको भ्रमणमा रहनुभएकी युरोपेली सङ्घको एशिया–प्रशान्त क्षेत्रका लागि बाह्य कार्यसेवाकी नायब प्रबन्ध निर्देशक पाउला पम्पालोनीले इयू र नेपालबीचको सम्बन्धका विविध आयामबारे चर्चा गर्दै नेपालको सामाजिक–आर्थिक विकासमा सघाउन इयू प्रतिबद्ध रहेको बताउनुभयो । “सन् २०२२ सम्ममा नेपाललाई अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति गर्ने सरकारको लक्ष्य हासिल गर्न इयूले सक्दो सहयोग गर्नेछ, नेपाल सरकारका विकासमा प्राथमिकतामा सघाउन हामी तत्पर छौँ”, समावेशी आर्थिक विकास पनि नेपालका निम्ति उत्तिकै अपरिहार्य भएको बताउँदै उहाँले भन्नुभयो ।

नेपालका लागि युरोपेली सङ्घको प्रतिनिधिमण्डलका राजदूत भिरोनिका कोडीले सामाजिक–आर्थिक रुपान्तरणको दिशामा अग्रसर भएको नेपाललाई व्यापार, लगानी र पर्यटन प्रवद्र्धनका माध्यमबाट सघाउन सकिने प्रशस्त सम्भावना रहेको बताउनुभयो ।

उद्घाटन समारोहमा कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी तथा नेपाल सरकारका वरिष्ठ अधिकारीको उपस्थिति थियो । यसैबीच, नायब प्रबन्ध निर्देशक पाउला पम्पालोनीले अर्थमन्त्री डा युवराज खतिवडा, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई र परराष्ट्र सचिव शङ्करदास वैरागीसँग बेलाबेग्लै भेटवार्ता गर्नुभएको थियो । पछिल्ला समयमा युरोपेली सङ्घले नेपालको ग्रामीण विकास, शिक्षा, सुशासन प्रवद्र्धन तथा पुनः निर्माणका निम्ति आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter