पूर्वप्रधानमन्त्री चन्दलाई अभिनन्दन

काठमाडौँ, चैत ६ गते । शङ्कर लामिछाने प्रतिष्ठानले पूर्व प्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई आज अभिनन्दन गरेको छ ।

विगत पाँच दशकदेखि साहित्य साधनामा विशेष योगदान गरेको भन्दै चन्दलाई प्रतिष्ठानले अभिनन्दन गरेको हो । निबन्धकार शङ्कर लामिछानेको ९२औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पूर्व प्रधानमन्त्री चन्दलाई अभिनन्दन गर्नुभयो ।

सो अवसरमा पूर्व प्रम चन्दले साहित्यले जनतामा जागरण ल्याउने उल्लेख गर्दै त्यसबाट समाजमा रहेको विकृति तथा विसङ्गती हटाउन सहयोगी हुने बताउनुभयो । उहाँले निबन्धकार लामिछानेका निबन्धमा मानिसको पीडा झल्केको हुन्छ भन्दै समाजमा भएका खराब कुरा त्याग्ने र असल कुरा ग्रहण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले देवकोटाका निबन्ध अनुशरण गर्ने लामिछानेले निबन्धमार्फत जीवन हेर्ने नयाँ दृष्टि र चिन्तन प्रकट भएको पाइएको बताउनुभयो ।

वरिष्ठ निबन्धकार घनश्याम राजकर्णिकारले साहित्य तथा निबन्धबाट समाजमा सकारात्मक सञ्चार सम्प्रेषण गर्न साहित्यको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । युवा निबन्धकार मोमिला जोशीले आफूलाई शङ्कर लामिछानेको निबन्धबाट साहित्य क्षेत्रमा आउन प्रेरणा मिलेको उल्लेख गर्नुभयो ।

कुलपति उप्रेतीले वरिष्ठ निबन्धकार राजकर्णिकारलाई शङ्कर लामिछाने निबन्ध पुरस्कार तथा जोशीलाई शङ्कर लामिछाने युवा निबन्ध पुरस्कार वितरण गर्नुभयो । सो पुरस्कारको रकम क्रमशः रु ५० हजार र रु २५ हजार रहेको छ ।

सोही अवसरमा उप्रेतीले लामिछानको निबन्ध सङ्ग्रह एब्स्ट्राक्ट चिन्तन प्याज, कथा सङ्ग्रह गौँथलीको गुँड,निबन्ध सङ्ग्रह गोधुली संसार तथा विम्ब प्रतिविम्बको बिमोचन गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter