• Monday, April 14, 2025

आठौँ राष्ट्रिय खेलकूदले नेपालगञ्जवासी उत्साहित

राँझा, चैैत १२ गते । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने निश्चित भएपछि नेपालगञ्जवासी उत्साहित भएका छन् । गत मङ्सिर महीनामै प्रतियोगिता आयोजना हुने भनिए पूर्वाधार तयार नएकाले अन्योल देखिएको अवस्थामा राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्रतियोगिता उद्घाटन चैत २७ गते गरिने बताउनुभएकाले नेपालगञ्जवासी उत्साहित भएका हुन् ।

उहाँले यही चैत १५ गते बस्ने बोर्ड बैठकले २०७५ चैत २७ गते साँझ ६ बजे उक्त प्रतियोगिता नेपालगञ्ज रङ्गशालामा उद्घाटन भई २०७६ वैशाख ३ गते समापन हुने गरी निर्णय गरिने जानकारी दिनुभयो । “उद्घाटन समारोेहका दिन साँझ ८ बजे ओलम्पिक टर्च बालिने छ । करीब चार घण्टा नेपालगञ्ज रङ्शालालाई सजाइने छ । ”, सदस्य सचिव विष्टले यहाँ आयोजित समन्वयात्मक बैठकमा भन्नुभयो,–“दोस्रो पटक नेपालगञ्जमा हुन लागेको यस खेलको उद्घाटनमा आतसबाजीसहित भव्य झाँकीले झकिझकाउ गरिनेछ । साँझ ९ बजेसम्म साङ्गीतिक कार्यक्रम आयोजना गरिने छ ।”

“उक्त प्रतियोगिता नेपालगञ्जमा गर्न पाउनु हाम्रा लागि गौरवको कुरा हो, यसले नेपालगञ्जलाई देशभर चिनाउने अवसर दिएको छ ।”, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले भन्नुभयो, “प्रतियोगिताको मिति टुङ्गो नलाग्दा अन्योल थियो, अब त्यो स्थिति रहेन सबै नेपालगञ्जवासी जुटेर प्रतियोगितालाई भव्य बनाउनुपर्दछ ।”उहाँले प्रतियोगिताका लागि नेपालगञ्ज आउने खेलाडी, अतिथि तथा दर्शक सबैलाईस्वागत तथा सत्कार गर्न नेपालगञ्जवासीमा अनुरोधसमेत गर्नुभयो ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले उक्त प्रतियोगिताले नेपालगञ्जको व्यापार प्रवद्र्धनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाव पर्ने उल्लेख गर्नुभयो । उहाँले प्रतियोगिताका लागि गर्नुपर्ने सहयोग र समन्वयका लागि सङ्घ तयार रहेको बताउनुभयो । सदस्य सचिव विष्टले उक्त प्रतियोगिता चैतको अन्तिम सातामा शुरु हुने कुरामा कसैले पनि कुनै शङ्का नगर्न अनुरोध गर्नुभएको र सम्पूर्ण तयारी करीब पूरा भइसकेकाले नेपालगञ्जवासी यतिबेला उत्साहित भएको मध्यपश्चिम खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भीम वलीले बताउनुभयो ।

उहाँका अनुसार प्रतियोगिताका लागि पुनःनिर्माण गरिएको नेपालगञ्जस्थित रङ्गशाला मैदान, सोही स्थानमा छ हजार ५०० क्षमताको दर्शक प्यारापिट, सुटिङ रेञ्ज, भारत्तोलन, एकेडेमी भवन, कोहलपुरमा क्रिकेट मैदान, दाङको लमहीमा क्रिकेट मैदान, घोराहीमा बास्केटबल कोर्ट, बाँकेको खजुरामा भलिबल स्टेडियम, बर्दियाको भुरीगाउँमा खोखो खेलको कभर्डहल, रूपन्देहीमा लङटेनिस कोर्ट, कपिलवस्तुमा कुस्ती खेलका लागि मायादेवी खेल मैदान निर्माण भइसकेको छ ।

“प्रतियोगिताको मिति टुङ्गो नलाग्दा खेलाडी निराश भएर घरमै बस्न बाध्य थिए, अहिले धेरै उत्साहित भएका छन् ।”, जिल्ला खेलकूद विकास समितिका अध्यक्ष आतङ्क बस्नेतले भन्नुभयो “यो प्रतियोगिता राष्ट्रिय पर्वसमेत भएकाले सबैलाई उत्साही बनाएको छ, नेपालगञ्जवासीबाट थप सहयोग र सद्भावको खाँचो छ ।” प्रतियोगिताका लागि बाँकी तयारी पूरा गर्न सदस्यसचिव विष्टले नेपालगञ्जमै सचिवालय सञ्चालन गरेर बस्नुभएको छ । परिषद्का धेरै कर्मचारीसमेत नेपालगञ्ज आइसकेको मध्यपश्चिमाञ्चल खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भीम वलीले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter