• Saturday, April 12, 2025

लगानी सम्मेलनका लागि ‘एकीकृत सुरक्षा योजना’

काठमाडौँ, चैत १४ गते । मुलुकको आर्थिक समृद्धिमा टेवा पु¥याउने लक्ष्यसहित वैदेशिक लगानी वृद्धि गरीे उद्योगधन्दा र कलकारखानाको विकास गर्न शुक्रबारदेखि काठमाडौँमा शुरु हुने तेस्रो लगानी सम्मेलन २०७५ का लागि सरकारले ‘एकीकृत सुरक्षा योजना’ बनाएर लागू गरेको छ ।

सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य प्राप्त गर्न कोशेढुङ्गा हुने विश्वास गरिएको लगानी सम्मेलनको सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी नराखेको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग तीनवटै सुरक्षा निकायको समन्वयमा सम्मेलनस्थलसहित पाहुनाको आवास क्षेत्र र आवतजावत गर्ने क्षेत्रमा आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था मजबुत पारिएको जानकारी दिनुभयो ।

“सरकारले एकीकृत सुरक्षा योजना बनाएर लागू गरेको छ, विगतका सम्मेलनको अनुभवको आधारमा तत्कालै आइपर्ने समस्या समाधान गर्ने गरी सुरक्षा व्यवस्था मिलाइएको छ, पाहुनाको सुरक्षामा अपनाइने सबै प्रक्रिया अपनाएका छौँ”, प्रवक्ता सुवेदीले भन्नुभयो । सम्मेलनका लागि विदेशी पाहुना आउने क्रम दुईदिन अघिदेखि नै शुरु भइसकेको छ ।

तीनै निकायका र ट्राफिक प्रहरीसहित झण्डै सात हजार सुरक्षाकर्मी सम्मेलनका लागि खटाइने जनाइएको छ । प्रहरीका अनुसार सम्मेलनस्थलमा सुरक्षा समन्वय कक्ष नै स्थापना गरिने छ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले नेपाल प्रहरीका चार हजार २०० सुरक्षाकर्मी सम्मेलनमा खटिने बताउनुभयो । सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट समेत आवश्यक मात्रामा जनशक्ति खटाइएको उहाँले जानकारी दिनुभयो । सम्भावित आपराधिक क्रियाकलापलाई समेत ध्यानमा राखेर नाकामा चेक प्वाइन्ट स्थापना गरी चेकजाँचमा कडाइ गरिएको छ ।

उहाँका अनुसार सबै सुरक्षाको नेतृत्व महानगरीय प्रहरी कार्यालय काठमाडौँले गरेको छ । विदेशी पाहुना बस्नेदेखि आवागमन गर्ने बाटोमा समेत सुरक्षा व्यवस्था मजबुत पारिएको छ । कार्यक्रम अवधिभर उच्छृङ्खल गतिविधि हुन नदिने र भइहालेमा तत्कालै पक्राउ गर्न सक्ने गरी सादा पोशाक र मोबाइल गस्तीमा समेत सुरक्षाकर्मी खटिने छन् । उपत्यकाका तीनवटै जिल्लाको सुरक्षामा कडाइ गरिएको छ ।

सशस्त्र प्रहरी बलबाट एक हजार ८०० सुरक्षाकर्मी परिचालन गरिएको छ । उनीहरुलाई आज बिहानैबाट फिल्डमा खटाइएको बताउँदै सशस्त्र प्रहरीका प्रवक्ता सुरजकुमार श्रेष्ठले भन्नुभयो, “नौ नम्बर बाहिनीको कमाण्डमा सशस्त्र प्रहरी परिचालित छन्, उनीहरु तीनवटै सुरक्षा निकायको समन्वयमा खटिन्छन् ।”

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटाले सम्मेलनका लागि झण्डै ६०० ट्राफिक प्रहरी खटाइएको बताउनुभयो । राष्ट्रिय अनुसन्धान विभागबाट समेत २०० बढी जनशक्ति खटिने बताइएको छ । भोलिदेखि शुरु हुने दुई दिने सम्मेलनमा ४० देशका ६०० बढी सरकारी प्रतिनिधि, उद्योगी, व्यवसायीको सहभागी रहने छ ।

सम्मेलनमा निजी क्षेत्र र सरकारका गरी कूल ७७ परियोजनालाई ‘शो केश’ मा राखिने तयारी सरकारको छ । मुख्यतः नेपाल लगानीका लागि उपयुक्त अवस्थामा छ भन्ने सन्देश दिनु सम्मेलनको उद्देश्य हो । सम्मेलन सफल बनाउन निज क्षेत्रसमेत उत्साहित भएर लागेको छ । सरकारले सम्मेलन कै क्रममा एक दर्जन बढी परियोजनामा हस्ताक्षर गर्ने योजना बनाएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले नेपालमा लगानीका अवसर, लगानी प्रवद्र्धनका लागि सरकारले लिएका नीति तथा कानूनी प्रयासबारे जानकारी गराउन सम्मेलन महत्वपूर्ण अवसर भएको बताउनुभएको छ । खुला अर्थतन्त्रको नीति लिएको सन्देश दिन सरकारले २०४८ सालमा पहिलो लगानी सम्मेलन गरेको थियो । त्यसको २५ वर्षपछि राजनीतिक परिवर्तनले लगानीको वातावरण सिर्जना गरेकोे सन्देश दिन विसं २०७३ मा दोस्रो लगानी सम्मेलन भएको थियो ।

अहिले विश्वलाई लगानीको वातावरण बनेको सन्देश दिँदै देशलाई आर्थिक समृद्धिको मार्गमा डोर्याउन लगानी भित्र्याउने उद्देश्यले तेस्रो लगानी सम्मेलन गर्न लागिएको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter