• Saturday, April 12, 2025

प्राङ्गारिक तरकारीको माग

बलेवा, चैत १४ गते । बागलुङको जैमिनी नगरपालिका–२ दमेकका टीकाराम सापकोटाले प्राङ्गारिक तरकारी खेती गर्न थालेको २२ वर्ष भयो । स्थानीय बजारमा उहाँले उत्पादन गरेको तरकारीको माग अहिले झन बढ्न थालेको छ ।

दमेकको बनहुँमा रहेको सात रोपनी खेतबारीमा उहाँले फलाएको तरकारीले राम्रो बजार पाउने गरेको हो । विसं २०५३ देखि निरन्तर तरकारी खेती गर्दै आउनुभएका सापकोटाले तरकारी बिक्रीबाट मासिक रू ३० हजारभन्दा बढी खुद नाफा गर्दै आउनुभएको छ । अहिले उहाँको बारीमा काउली, बन्दागोभी, मूला, गाजर, सिमी, काँक्रो फलेका छन् । बेमौसममा समेत तरकारी उत्पादन गर्दै आउनुभएका सापाकोटाका सबै तरकारी प्राङ्गारिक छन् ।

“तरकारीमा प्रयोग गर्ने विषादी कस्तो हुन्छ मलाई जानकारी छैन,” उहाँले भन्नुभयो, “रोग कीरा नियन्त्रण गर्न मैले प्रयोग गर्ने औषधि गाईवस्तुको गहँुत मात्रै हो ।” गहुँतकै प्रयोगले मात्रै तरकारीमा लागेका सबै रोगका कीरा मर्ने गरेको उहाँले जानकारी दिनुभयो । डोकोमा तरकारी बोकेर उपभोक्ताको घरघरमा पुग्नुहुने सापकोटाको तराकारीले उचित मूल्य पाउने गरेको छ ।

पछिल्लो समय उहाँलाई ग्राहकले गोपि साइलाको नामले चिन्ने गरेका छन् । परिवारका साइला छोरा चवन्न वर्षीय टीकारामले डोकोमा गोभी बोकेर बेच्दै हिँड्ने गरेकाले उहाँको परिचय नै फेरिएको हो । तरकारीले दिलाएको परिचयबाट सापकोटा सन्तुष्ट हुनुहुन्छ ।

अहिले छिटो तरकारी उत्पादनका लागि किसानले बोटमा कीटनाशक औषधि प्रयोग गर्दैआएका छन् तर औषधिले कृषक तथा उपभोक्ताको स्वास्थ्यमा कति असर पार्छ भन्ने खासै चासो नदिए पनि सापकोटाले भने उपभोक्ता स्वास्थ्यको हितमा हुने गरी तरकारी उत्पादन गर्दै आउनुभएको छ । विषादीका कारण मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ भन्ने विषयमा गाइँगुइँ सुन्नुभएका उहाँले कहिलै पनि तरकारीमा विषादी प्रयोग गर्ने र छिटै धन आर्जन गर्नेे मन नपलाएको बताउनुभयो । सापकोटाले उत्पादन गर्नुभएका तरकारी छिटै नसडने जैमिनी–१ कुश्मीसेराका ओमकार थापाले बताउनुभयो । केही दिन पहिले थापाले आफ्नो पसलमा सापकोटाले उत्पादन गरेको बन्दागोभी र बाहिरी बजारबाट ल्याएको बन्दागोभी सँगै राख्नुभयो । बाहिरी बजारबाट ल्याएको बन्दा एक–दुई दिनमै कुहियो तर सापकोटाले ल्याएको बन्दा लामोसम्म कुहिएन । उपभोक्ताले परीक्षण गरेर सापकोटाले उत्पादन गरेरको तरकारीमा विश्वास गर्ने गरेका हुन् । उहाँलाई उत्पादित तरकारीले बजार पाएन भन्ने पिर पनि छैन ।

धेरै टाढा पु¥याउनु परे जिल्ला सदरमुकाम बागलुङ बजारसम्म हो । प्रायः सापकोटाको तरकारी स्थानीय कुश्मीसेरा बजारमै खपत हुन्छ । अझ बजारमा तरकारी पु¥याउन नै हम्मे हम्मे पर्ने गरेको उहाँको अनुभव छ । “बजारमा होस वा गाउँमा प्राङ्गारिक तरकारी खोज्नेहरुको माग बढ्दै गएको छ,” सापकोटाले भन्नुभयो, “मागेजति तरकारी पु¥याउन सकेको छैन, मैलेजस्तै उत्पादन गर्ने अर्को मानिस भैटिएन ।” उपभोक्ताको चाहना अनुसारको उत्पादन दिन सके धेरथोर कमाउन विदेश जान नपर्ने उहाँको भनाइ थियो । प्रायः सबै काम आफैँले गर्ने सापकोटालाई पछिल्लो समय आधुनिक उपकरणले सघाएको छ । खेतबारी खनजोत गर्नका लागि आधुनिक उपकरण आएकाले सहज भएको सापकोटाले बताउनुभयो ।

सापकोटाले तरकारीको कमाईबाट तीनजनाको परिवार राम्रोसँग चलाएर मासिक बचतसमेत गर्दै आउनुभएको छ । “परिवारसँग रमाएर र आफ्नै बारीमा मिहिनेत गरेर कमाएको छु,” उहाँले भन्नुभयो, “मिहिनेत गर्न सके कमाउन विदेश किन जानु ?” तरकारीमा सफल र परिचित कृषक सापकोटाले पछिल्लो समय फलफूल खेती गर्ने सोच बनाएको पनि बताउनुभयो । केही पाखोबारीमा हुर्किएका रूख हटाएर सुन्तला उत्पादन गर्ने सोच उहाँले बनाउनुभएको छ । फार्मकै रुपमा सञ्चालनमा रहेको उहाँको तरकारीलाई कहीँ कतैबाट सहयोग भने छैन । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter