फेवा नव वर्ष महोत्सव

पोखरा, चैत १४ गते । नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ पश्चिमाञ्चल होटेल सङ्घको आयोजनामा यही चैत २९ गतेदेखि वैशाख १ गतेसम्म फेवा किनारस्थित कोमागाने पार्कमा फेवा नव वर्ष महोत्सव हुने भएको छ ।

सङ्घद्वारा वर्षेनी नयाँ वर्षका अवसरमा हुँदै आएको महोत्सवअन्तर्गतको १६ औँ संस्करणबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष विकल तुलाचनले दिनानुदिन प्रदूषित र साँघुरिँदै गएको फेवातालको संरक्षण गर्दै खाना, संस्कृति र सङ्गीतलाई जोड्न महोत्सव गर्न लागिएको बताउनुभयो ।

महोत्सवमा देश विदेशमा प्रवद्र्धनका लागि छानिएका परम्परागत नेपाली खानाको प्रस्तुतिका साथै सांस्कृतिक झाँकी प्रतियोगिता हुने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा गण्डकी प्रदेशस्तरीय नृत्य प्रतियोगिता, प्रसिद्ध कलाकारबाट पप कन्सर्ट, बाल उद्यान तथा मनोरञ्जनात्मक कार्यक्रमको प्रस्तुति, पर्यटक दौड प्रतियोगिताका साथै लोक दोहोरीका कार्यक्रम सञ्चालन हुनेछन् ।

महोत्सव सम्पन्न गर्न सङ्घका अध्यक्ष तुलाचनको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ । महोत्सवकै प्रचारका लागि सङ्घले काठमाडौँ, जनकपुर, चितवन, लुम्बिनीजस्ता प्रमुख शहरमा चाँडै नै ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गर्न लागेको आयोजकले जनाएको छ । महोत्सवको प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter