• Wednesday, April 16, 2025

नेकपाः पार्टी एकताका बाँकी काम अन्तिम निष्कर्षमा

काठमाडौँ, वैशाख ८ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेकपा एकताका बाँकी काम अन्तिम निष्कर्षमा पुग्न लागेको बताउनुभएको छ । नेकपाको ७० आँै स्थापना दिवसका अवसरमा प्रदेश नं ३ सङ्गठन कमिटीद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “आज साँझ बस्ने पार्टी सचिवालय बैठकले पार्टी एकताका बाँकी सबै काम टुङ्ग्याउने छ ।

नेताको अनुहार हेरेर होइन, निश्चित, सिद्धान्त र विधि बनाएर एकताको बाँकी काम सम्पन्न हुन्छ ।” पार्टी एकता र सरकारका कामका बारेमा आन्तरिक छलफल जारी रहेको बताउँदै उहाँले स्थापनादेखि हालसम्मको अवधिमा नेकपाले राजनीतिक परिवर्तन र जनपक्षीय कामको अग्रणी नेतृत्व निर्वाह गरेको बताउनुभयो । सो अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनमा अथक योगदान दिनुभएका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा सुनमाया थापा मगर, रणबहादुर थापा मगर (धादिङ) खम्बासिंह कुँवर, ज्ञानु थापा (चितवन), बालकुमारी थापा, गोविन्दबहादुर श्रेष्ठ(मकवानपुर), गोविन्दनाथ उप्रेती, तुलसीमाया कतिला (काभ्रेपलाञ्चोक), तेजकुमारी घिमिरे, रत्नमान तुलाधर (ललितपुर), विष्णुलाल जोशी, सुशीला कार्की (भक्तपुर), बेनीबहादुर थापा, नानीमाया नकर्मी (काठमाडौँ), फत्तप्रसाद मैनाली, टीकादेवी पुडासैनी (नुवाकोट), तुलसादेवी घिमिरे, पेमा दोर्जे तामाङ (रसुवा) हुनुुहुन्छ ।

यसैगरी सीतादेवी दाहाल, कृष्णहरि अधिकारी (सिन्धुली), चन्द्रमाया सुनुवार र चतुरमान सुनुवार (रामेछाप), जयराम पराजुली (सिन्धुपाल्चोक), विष्णुलाल जोशी (भक्तपुर) र मनमाया खड्का (दोलखा) हुनुहुन्छ ।

सो अवसरमा सम्मानित व्यक्तित्वद्वय बालकुमारी थापा र गोविन्दनाथ उप्रेतीले जनताले नेकपालाई दिएको जनमतको प्रत्युत्तरमा जनपक्षीय काम गरी देखाउन आग्रह गर्नुभयो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा लागेका कार्यकर्ता, शुभेच्छुक र राष्ट्रिय आवश्यकताका आधारमा दुई कम्युनिष्ट पार्टीको एकता भएको बताउँदै आगामी दिनमा यो एकताको जगलाई बलियो बनाउन आआफ्ना तहबाट सक्रिय बन्नुपर्नेमा जोड दिनुभयो । नेकपा प्रदेश नं ३ सङ्गठन कमिटीका अध्यक्ष अष्टलक्ष्मी शाक्यले कसैलाई काखा र कसैलाई पाखा लगाउने प्रवृत्ति अन्त्य हुनुपर्छ भन्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter