ढुक्क भएर नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, वैशाख २० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी मैत्री वातावरण बनेकाले ढुक्क भएर पुँजी परिचालन गर्न आग्रह गर्नुभएको छ ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)उद्योग वाणिज्य सङ्घको ७७ औँ बैठकमा भाग लिने सिलसिलामा राजधानीमा रहेको सङ्घका पदाधिकारीहरूसँग आज प्रधानमन्त्री निवासमा भएको अन्तरक्रियामा उहाँले प्रत्यक्ष वैदेशिक लगानीका निम्ति सरकारले अनुकूल वातावरण बनाएको बताउनुभयो ।

वैदेशिक लगानीको सुरक्षा, प्रतिफल स्वदेश लैजाने सुनिश्चिततासमेत गरिएको जानकारी दिँदै उहाँले निजी क्षेत्रलाई देशको औद्योगिक उन्नयनमा लाग्न सदैव प्रेरित गरिएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “ निजी क्षेत्रलाई हरतरहले सघाइरहेका छौँ, सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्दै उद्यमी व्यवसायीका समस्या समाधान गरिरहेको छ”

नेपालले मात्र नभई दक्षिण एशियाली देशले नै अािर्थक विकास र उन्नतिलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै समृद्ध दक्षिण एशिया र सुखी दक्षिण एशियाली आफ्नो चाहना भएको उहाँले बताउनुभयो ।

समग्र दक्षिण एशियाको समृद्धिका निम्ति अहिले उपयुक्त समय भएको तथा यहाँको उर्वर भूमि, खनिज र खानीयुक्त क्षेत्र तथा ऊर्जाशील युवा जनसङ्ख्याले समृद्धितर्फको यात्रामा फड्को मार्न सहज हुने धारणा व्यक्त गर्नुभयो । साझा लक्ष्य र उद्देश्य प्राप्तिका लागि दक्षिण एशियाली देशबीच सहकार्य र साझेदारी हुनुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो ।

वर्तमान सरकारले सुशासन र विकासलाई उच्च महत्व दिएको जानकारी दिँदै उहाँले राजनीतिक अस्थिरता र अशान्ति समृद्धिको बाधक भएकाले त्यस्ता बाधा व्यवधान चिर्दै अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

हालै श्रीलङ्कामा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्दै प्रधानमन्त्री ओलीले मानवताविरुद्धका त्यस्ता आततायी कृत्यको जति भत्र्सना गरे पनि कम हुन्छ भन्नुभयो ।

सङ्घका अध्यक्ष रुवान इदरिसंघेले दक्षिण एशियाली राष्ट्रहरूबीच आर्थिक एवम् व्यावसायिक सम्बन्ध विस्तार, संयुक्त लगानी आकर्षणका माध्यमबाट यस क्षेत्रको समृद्धिका लागि सङ्घ क्रियाशील रहेको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter