चार्जिङ स्टेशन निर्माणका लागि प्रस्ताव आह्वान

काठमाडौँ, वैशाख २० गते । नेपाल विद्युत् प्राधिकरणले सवारी साधनका लागि चार्जिङ स्टेशन निर्माण गर्नका लागि सार्वजनिकरुपमा नै प्रस्ताव आह्वान गरेको छ । प्राधिकरणले काठमाडौँ उपत्यकाभित्र पहिलो चरणमा चार्जिङ स्टशेन निर्माणका लागि आज सार्वजनिकरुपमा प्रस्ताव आह्वान गरेको हो । पछिल्लो समय वातावरण विभागको संयोजनमा काठमाडौँ उपत्यकाका सात स्थानमा स्टेशन निर्माणको काम शुरु भइरहेको छ । विभाग र साझा यातायातको पहलमा त्यस्ता स्टेशन निर्माण गर्न लागिएको हो ।

सरकारले विद्युतीय परिवहनको प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको सन्दर्भमा प्राधिकरणले चार्जिङ स्टशेन निर्माणको पहल गरेको हो । प्राधिकरणले आज एक सूचना प्रकाशित गरी त्यस्ता स्टेशन निर्माणका लागि आवश्यक प्रस्ताव माग गरेको हो ।

काठमाडौँ उपत्यकमा सबै प्रकारका विद्युतीय सवारी साधनलाई सार्वजनिक सिडसी बुस्ट चार्जिङमार्फत द्रुत गतिमा चार्ज गर्ने संरचना निर्माण गर्न सूचना प्रकाशित गरेको छ । प्राधिकरणले त्यस्ता स्टेशन निर्माणका लागि मानिसको आवागमन भइरहने, सही पहँुच भएका र आवश्यक स्थान उपलब्ध हुने सार्वजनिक क्षेत्रहरु व्यापारिक भवन, सुपर मार्केट सिनेमा हल, पार्क, विश्वविद्यालय, सरकारी निकाय, अस्पताल, होटल तथा अन्य उपयुक्त क्षेत्र हुनसक्ने जनाएको छ । प्राधिकरणको सम्पूर्ण लागत निर्माण तथा सञ्चालन हुने त्यस्ता स्टशेनमा कम्तीमा ५० वटा सवारी साधन पार्किङ गर्न मिल्ने जग्गा जरुरी पर्ने सूचनामा उल्लेख छ ।

एकपटकका तीन वटासम्म विद्युतीय सवारी चार्ज गर्नका लागि डेडिकेडेट पार्किङ क्षेत्र उपलब्ध गराउन चाहने संस्थाले आवेदन दिन सक्ने प्राधिकरणको सूचनामा जनाइएको छ । प्राधिकरणले ऊर्जा, दक्षता तथा चुहावट नियन्त्रण विभागमा आवेदन दिन आग्रह गरेको छ । सरकारले विद्युतीय सवारी साधानको प्रयोगलाई प्रमुख प्राथमिकतामा राखेको तथा सोहीसम्बन्धी नीतिलाई समेत अगाडि बढाएको सन्दर्भमा प्राधिकरणले चार्जिङ स्टेशन खडा गर्न लागेको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter