प्रधानमन्त्रीद्वारा सञ्चारकर्मीसँग छलफल

काठमाडौँ, वैशाख २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा सञ्चारकर्मीसँग शुक्रबार संसद्को संयुक्त बैठकमा राष्ट्रपतिद्वारा प्रस्तुत आव २०७६÷७७ का लागि सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्नुभयो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमको कार्यान्वयन बारेका अन्योल वा अस्पष्टताबारे सञ्चारकर्मीका जिज्ञासा सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रमुख तथा प्रतिनिधि, वरिष्ठ सम्पादक तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।