काबेली कोरिडोर विद्युत् लाइनको परीक्षण प्रशारण

फिदिम, वैशाख २२ गते । पूर्वी पहाडमा निर्माणाधीन काबेली कोरिडोर १३२ केभी प्रशारण लाइन आयोजना निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । ९०।०२१ किलोमिटर लामो कोरिडोरको दोस्रो खण्डमा शनिबारबाट परीक्षण प्रशारण शुरु गरिएको छ ।

मुआब्जा वितरण, रुख कटानीलगायतका समस्याका कारण लामो समय अवरोध भएको कोरिडोरको इलाम–फिदिम खण्ड निर्माण पूरा भई शनिबारबाट परीक्षण प्रसारण शुरु गरिएको हो । ४२।८८ किलोमिटर लामो यस खण्डमा सोमबारबाट लाइन चार्ज गरिने आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिनुभयो । इलामको गोदकदेखि फिदिमको थापाटारसम्मको यस खण्डमा १२६ टावर छन् ।

कोरिडोरको तेस्रो खण्ड फिदिम–अमरपुरमा भने टावर गाढ्ने काम पूरा हुन लागेको छ । “एउटा टावर गाढ्न बाँकी छ”, आयोजना प्रमुख द्विवेदीले भन्नुभयो ।

आर्थिक वर्ष २०६२÷६३ बाट शुरु भएको आयोजनाको निर्माणकार्य भने २०६६÷६७ मा शुरु भएको थियो । पाँचथरको फिदिम र इलामको सिद्धिथुम्का क्षेत्रमा मुआब्जा वितरणमा विवाद हुँदा वर्षौँसम्म आयोजनाको निर्माणकार्य अवरुद्ध भएको आयोजना प्रमुख द्विवेदीको भनाइ छ । यस्तै टावरका लागि आवश्यक पर्ने १।५३ हेक्टर वन क्षेत्रका रुख कटानीका गर्न समयमै माथिल्ला निकायबाट आदेश नआउँदा आयोजनाको निर्माणकार्य एक दशकसम्म पुगेको हो ।

सो कोरिडोरअन्तर्गत चार सवस्टेशन निर्माण गरिएका छन्, झापाको दमक, इलामको गोदक, पाँचथरको फिदिम र पाँचथरकै अमरपुरमा । रु २५ करोड लागतले दमक सवस्टेशन शुरुमै निर्माण सम्पन्न भएको थियो । बाँकी तीन सवस्टेशन निर्माणको लागत रु ५५ करोड थियो । तीन वटै सवस्टेशन दुई वर्षअघि निर्माण सम्पन्न भइसकेका छन् । सबै सवस्टेशन चार्ज भई सञ्चालनका लागि तयार रहेको द्विवेदीले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter