आयातमा कमी आउँदा लक्ष्य प्रभावित

वीरगञ्ज, वैशाख २४ गते । भारत तथा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिने फलाम, रक्सी, यातायातका साधनको आयातमा कमी आएपछि सुख्खा बन्दरगाह भन्सार कायलिय पर्सास्थित सिर्सियाले चालु आर्थिक वर्षमा तोकिएको लक्ष्य भेट्टाउन नसक्ने भएको छ ।

चालु आर्थिक वर्ष २०७५/७६ को चैतमा रु तीन अर्ब २४ करोड ५३ लाख ८८ हजार राजश्व सङ्कलनको लक्ष्य लिएकामा ७९ दशमलव ६९ प्रतिशत लक्ष्य हासिल गरी रु दुई अर्ब ९८ करोड ६० लाख ९१ हजार मात्र राजश्व उठाउन सकेको छ । आर्थिक वर्ष २०७४/७५ को चैतमा रु २० अर्ब ३७ करोड १८ लाख ६४ हजार राजश्व उठाउने लक्ष्य लिएकामा ९९ दशमलव ९ प्रतिशत लक्ष्य हासिल गरी रु १९ अर्ब ३७ करोड नौ लाख ३५ हजार राजश्व सङ्कलन गरेको थियो ।

सङ्घीय सरकारले तोकेको वार्षिक लक्ष्य रु ३६ अर्ब नौ करोड ३२ लाख रहेको छ । जुन लक्ष्य आर्थिक वर्ष २०७४÷७५ भन्दा रु ८ अर्बभन्दा बढी रहेको सूचना अधिकारी विकास साहले बताउनुभयो । चालु आर्थिक वर्ष २०७५÷७६ को साउनदेखि चैत मसान्तसम्म रु २५ अर्ब ९९ करोड ४६ लाख पाँच हजार राजश्व उठाउने लक्ष्य लिएकामा भारत तथा तेस्रो मुलुकबाट आउने सामानको आयातमा कमी आएपछि ९१ दशमलव ७८ प्रतिशत मात्र लक्ष्य हासिल गरी रु २३ अर्ब ८४ करोड ८२ लाख ७१ हजार मात्र राजश्व सङ्कलन हुन सकेको सुख्खा बन्दरगाह कार्यालयले जनाएको छ ।

तेस्रो मुलुकबाट आयात भई कोलकाता बन्दरगाहको बाटो हुँदै आउने रक्सी, पेयपदार्थ, गाडी बोकेको कन्टेनर त्यति मात्रामा नआएकाले राजश्व प्रभावित भएको हो । सो कारणले वैशाखमा रु ३ अर्ब २४ करोड ५३ लाख ८८ हजार राजश्व उठाउन कठिनाई हुने भएको छ । आर्थिक वर्ष २०७४÷७५ को चैतमा रु २० अर्ब ३७ करोड १८ लाख ६४ हजार राजश्व उठाउने लक्ष्य लिएकामा ९९ दशमलव ९ प्रतिशतले लक्ष्य हासिल गरी रु १९ अर्ब ३३ करोड नौ लाख ३५ हजार राजश्व उठेको थियो । सुख्खा बन्दरगाह कार्यालयले भारतबाट आयात गरिने फलाममा मात्र सबभन्दा बढी २५ प्रतिशत राजश्व उठाउने गरे पनि हाल फलामको आयातमा कमी आएपछि चालु आवमा राजश्व लक्ष्य अनुरुप उठ्न नसक्ने सो कार्यालयले जनाएको छ ।

सरकारले भारतबाट चिनीको आयातमा प्रतिबन्ध लगाए पनि कोटा प्रणाली लागू गरेपछि केही मात्रामा चिनी आयात भइरहेको छ । यस वर्ष तेस्रो मुलुकबाट १०९ गाडी सिर्सिया भन्सार कार्यालय भएर भित्रिएको छ । वीरगञ्ज र कोलकाता बन्दरगाहबीच सहजीकरण नहुँदा, कोलकाता बन्दरगाहबाट रेलमार्ग हँुदै आउने सामानको भाडा दरमा एकरुपता नहुँदा राजश्व प्रभावित भएको सुख्खा बन्दरगाह कार्यालय सिर्सियाले जनाएको छ ।

हावाहुरीबाट ५० करोड क्षति

गत चैत १७ गते आएको हावाहुरीबाट पर्सा र बारामा गरी रु ५० करोड तीन लाख ४९ हजार बराबरको तरकारी र अन्नबाली नष्ट भएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । सो हावाहुरीबाट पर्सामा ३३९ हेक्टरमा लगाएको गहुँ, तरकारी, मसुरो र आँप पूर्णरुपमा नष्ट भएको छ । एक हजार ७२७ हेक्टरमा लगाइएको बालीनाली नष्ट हँुदा रु ११ करोड ७९ लाख ३४ हजार बराबरको क्षति भएको छ ।

यसैगरी हावाहुरीबाट बारामा १० हजार ९६ दशमलव ६७ हेक्टर क्षेत्रफलमा लगाइएको आँप, गहुँ, मकै, तरकारी र मसुरो पूर्ण रुपमा नष्ट भएको छ भने एक हजार ७२८ दशमलव ६७ हेकटरमा आंशिक क्षति भएको केन्द्रका प्रमुख जीतेन्द्र यादवले बताउनुभयो । सो हावाहुरीबाट बारामा दुई हजार ८२५ दशमलव ३३ हेक्टर क्षेत्रफलमा लगाइएको सो बालीनाली क्षति हँुदा रु ३८ करोड २४ लाख १५ हजार बराबरको नोक्सानी भएको यादजले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter