‘सेवा समूह क्लष्टर’ पुनर्लेखन गर्न निर्देशन

काठमाडौँ, वैशाख २६ गते । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा सेवा समूहको क्लष्टर स्पष्ट नभएको भन्दै पुनर्लेखन गर्न निर्देशन दिएको छ ।

समितिको आजको बैठकमा सांसदहरुले विधेयको दफा ४ मा रहेको ‘सङ्घीय निजामती सेवाको गठन’अन्तर्गतका सेवा समूहसम्बन्धी प्रावधान स्पष्ट नभएकाले आवश्यक सुधार गर्न सुझाव दिनुभएको थियो । समिति सभापति शशि श्रेष्ठले सोे दफाका केही उपदफा स्पष्ट नभएको भन्दै पुनर्लेखन गरी ल्याउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिनुभयो ।

बैठकमा सांसदहरुले राख्नुभएका जिज्ञासका सम्बन्धमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र सचिव यादवप्रसाद कोइरालाले विधेयकका बारेमा स्पष्ट पार्नुभएको थियो । सांसदहरुले विभिन्न दफामा संशोधनसमेत हाल्नुभएको छ । सांसदहरु दीलेन्द्रप्रसाद बडु, पम्फा भुसाल, विजय सुब्बा, यशोदा सुवेदी, अमरेशकुमार सिंह, नवराज सिलवाल, गङ्गा चौधरी सत्गौवा लगायतले विधेयकमा कर्मचारीको विशिष्टिकृत सेवाका बारेमा आवश्यक व्यवस्था गर्न, सरुवा, बढुवा र विदेश भ्रमणमा समानरुपमा हुने प्रणालीबद्ध व्यवस्था गर्न, व्यक्ति हेरेर कानून बनाउने परम्पराको अन्त्य गर्न, सेवाग्राहीप्रति उत्तरदायी र जवाफदेही हुनुपर्नेलगायतका व्यवस्था गर्न सुझाव दिनुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter