विश्व स्वच्छ व्यवसायी दिवस, ‘उचित व्यापार अभियान’

काठमाडौँ, वैशाख २७ गते । विश्व स्वच्छ व्यवसायी दिवस ‘उचित व्यापार अभियान’ भन्ने नाराका साथ शनिबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वच्छ व्यवसायी सङ्गठनको आह्वानमा नेपालमा पनि स्वच्छ व्यवसायको प्रवद्र्धन तथा जनमानसमा त्यसबारे जानकारी गराउने हेतुले विगतमा झै यस वर्ष पनि विभिन्न कार्यक्रमकासाथ उक्त दिवस मनाउने तयारी गरिएको छ ।

उक्त दिवसका दिन स्वच्छ व्यवसायी समूह नेपालले पोखरामा प्रभातफेरी र बृहत छलफल कार्यक्रम आयोजना गरिएको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिनुभयो । “यो क्रियाकलाप स्वच्छ व्यावसायिक साझेदारी हो, जुन संवाद, पारदर्शिता तथा सम्मानमा आधारित हुनाका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारमा सम्बद्ध छ । यसले विकासशील देशका सीमान्तकृत उत्पादक तथा किसानको अधिकार सुरक्षित गरी राम्रो व्यावसायिक वातावरणबाट दिगो विकासमा सहयोग गर्दछ । सत्तरीभन्दा अधिक देशमा व्यावसायिक संस्थाको छाता सङ्गठनको यो विश्वव्यापी अभियान हो ।”

यो अभियान अन्तर्गत विकासोन्मुख मुलुकमा रोजगारी सिर्जना एवं निर्यात प्रवद्र्धन, निम्नवर्गीय उत्पादकको आर्थिक एवं सामाजिक उत्थानमार्फत गरीबी न्यूनीकरणमा समेत सहयोगी भएको छ । यो सङ्गठन विभिन्न देशमा छरिएर रहेका स्वच्छ व्यवसायीलाई एकतामा आवद्ध गर्ने एउटा अन्तर्राष्ट्रिय संस्था हो । विश्व स्वच्छ व्यवसायी सङ्गठनले स्वच्छ व्यवसाय सञ्चालनमा आर्थिक रुपले पिछडिएका उत्पादकका लागि अवसर सिर्जना गर्ने, सम्बन्धित सबै पारदर्शी तथा जिम्मेवार हुने, स्वच्छ व्यवसायको अभ्यास गर्ने, उचित ज्याला भुक्तानी दिने, बालश्रम तथा जबरजस्ती श्रम नभएको सुनिश्चित गर्ने र भेदभावरहित, काम गर्ने स्थलमा राम्रो वातावरण सुनिश्चित गर्ने र क्षमता अभिवृद्धि गर्ने आधारभूत सिद्धान्त प्रतिपादन गरेको छ । सन् १९९६ मा स्थापना भएको यो समूहको नेपाल पनि सदस्य भएको र नेपालबाट हस्तकलाका वस्तुमा हुने कूल निर्यातमा सदस्य संस्थाको योगदान करीब २० प्रतिशत रहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter