‘मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण’ कार्यक्रम शुरु

भक्तपुर, जेठ १ गते । भक्तपुर अस्पतालमा आजदेखि ‘मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण’ कार्यक्रम शुरु भएको छ । कार्यक्रमको प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्दै जाने बताउनुभयो ।

उहाँले प्रदेश सरकारले आगामी वर्षमा पनि जनता लक्षित प्रभावकारी स्वास्थ्य कार्यक्रम ल्याउने जानकारी दिनुभयो । गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न प्रदेश सरकारले कुनै कञ्जुस्याइँ नगरी पर्याप्त बजेट व्यवस्था गर्ने बताउँदै उहाँले प्रदेश सरकारले आफ्नो मातहतमा रहेका आठ वटा अस्पताललाई गुणस्तरीय स्वास्थ्य प्रवाह गर्ने गरी अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रदेश सरकारको रु ३५ अर्ब बजेटमा रु छ अर्ब पनि खर्च गर्न नसक्नु अचम्म भएको भन्दै उक्त बजेटको रु चारदेखि पाँच करोड भक्तपुर अस्पताल र नगरपालिकाको स्वास्थ्य क्षेत्र सुधारका लागि व्यवस्था गर्न माग गर्नुभयो ।

सङ्घ र प्रदेश नीति निर्माण गर्ने थलो भएको र यसको कार्यान्वयन स्थानीय तहले गर्नुपर्नेमा जोड दिँदै उहाँले केन्द्र र प्रदेश सरकारले सबै काम तथा अधिकार आफँैमा सीमित गर्न खोज्दा स्थानीय तहमा असमझदारी बढ्न थालेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले भक्तपुर अस्पतालले जनमुखी र गुणस्तरीय सेवा दिन नसक्नु दुःखद् भएको गुनासो गर्नुभयो ।

नेपाल ट्रष्टको जग्गामा वृक्षरोपण

नेपाल ट्रष्टको नाममा रहेको भक्तपुर नगरपालिका– १ सल्लाघारीस्थित १०८ रोपनी जग्गामा भक्तपुर नगरपालिकाले आज वृक्षरोपण गरेको छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त जग्गाको संरक्षण गर्ने उद्देश्यले सरसफाइ गरी वृक्षरोपण गरेको बताउनुभयो ।

उहाँले भक्तपुर नगरभित्रका सरकारी तथा पर्ती जग्गा संरक्षण र सम्वद्र्धनको जिम्मा स्थानीय सरकारको भएकाले नेपाल ट्रष्ट र गृह मन्त्रालयसँगको समन्वयमा १०८ रोपनी जग्गा संरक्षण कार्यलाई अगाडि बढाएको बताउनुभयो । उक्त जग्गामा ख्वप विश्वविद्यालय सञ्चालनको स्वीकृति पाएमा सस्तो र गुणस्तरीय चिकित्सा शिक्षासहितको विश्वविद्यालय स्थापना गर्ने लक्ष्य नगरपालिकाको रहेको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter