गणतन्त्र दिवस भव्यतापूर्वक मनाउन तयारी

काठमाडौँ, जेठ ५ गते । नेपाल सरकारले यस वर्षको गणतन्त्र दिवसलाई भव्यतापूर्वक मनाउन विभिन्न तयारी थालेको छ । प्रचारप्रसार उपसमितिका संयोजकका हैसियतले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताको बलिदानबाट प्राप्त भएको गणतन्त्रको उपलब्धिलाई संस्थागत गर्ने गरी कार्यक्रम तय गर्नुपर्ने बताउनुभएको छ ।

आज अपरान्ह् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सभाकक्षमा आयोजित उपसमितिको बैठकमा उहाँले यही जेठ १५ गतेका दिन मनाइने ११ औँ गणतन्त्र दिवसका अवसरमा गणतन्त्रका लागि गरिएका संघर्षहरु र गणतन्त्र प्राप्तिपछि जनताले हासिल गरेका उपलब्धिलाई जोड दिने गरी आम जनता माझ कार्यक्रम लैजान आग्रह गर्नुभयो ।

सो अवसरमा मूल समारोह समितिले निर्धारण गरेका कार्यक्रमका अतिरिक्त थप आकर्षक र शैक्षिक महत्वका कार्यक्रम तय गरिएका छन् । यसै दिवसलाई लक्षित गरी नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमको सहयोगमा रेडियो नेपाल, नेपाल टेलिभिजन, सामुदायिक सूचना नेटवर्क र नेपाल विज्ञापन सङ्घलगायतले विशेष कार्यक्रम निर्माण गरी प्रचारप्रसार गर्नेछन् ।

मन्त्री बाँस्कोटाको संयोजकत्वमा गठित प्रचारप्रसार उपसमितिमा राष्ट्रिय समाचार समिति (रासस), नेपाल टेलिभिजन, रेडियो नेपाल, नेपाल दूरसञ्चार प्राधिकरणलगायतका निकायका प्रमुख सदस्य छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter