लेखा परीक्षणमा नागरिक सहभागितामा जोड

काठमाडौँ, जेठ ५ गते । देशमा सुशासन कायम गर्न कार्यमूलक लेखापरीक्षणमा नागरिक सहभागिताको खाँचो औँल्याइएको छ । महालेखा परीक्षकको कार्यालय, हेल्भेटास, स्काई समाज नेपाललगायतका संस्थाले आयोजना गरेको अन्तरक्रियामा वक्ताले स्थानीय विकास तथा पूर्वाधार निर्माणमा नागरिक समुदायलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिइएको हो ।

महालेखा परीक्षक टङ्कमणि शर्माले गत आर्थिक वर्षमा राष्ट्रपति कार्यालयदेखि सरकारी कार्यालय तथा मन्त्रालयलगायत छ हजार ६४४ संस्थाको लेखापरीक्षण गरिएको र यस वर्ष प्रदेश तह, समायोजित कार्यालय गरी करीब १० हजार निकायको परीक्षण गर्नुपर्ने देखिएको जानकारी दिनुभयो ।

त्यस्तै कार्यमूलक विशेष लेखापरीक्षण र सूचना प्रविधि महानिर्देशनालय प्रमुख दामोदर पुडासैनीले सार्वजनिक सम्पत्तिको संरक्षण गर्न स्थानीयलाई जिम्मेवार बनाउन उक्त लेखापरीक्षण प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

विज्ञहरु हेल्भेटासका प्रतिनिधि रिचार्ड एलेन, शेषरमण न्यौपाने, अञ्जली थकाली, प्रभाकर पण्डित, प्रतिभा कार्की, रोजी वाग्लेलगायतले कार्यपत्र प्रस्तुत गर्दै कार्यमूलक लेखापरीक्षण पारदर्शी हुने सरकारी स्रोतसाधन तथा सम्पत्ति दुरुपयोग नहुने जानकारी गराउनुभयो । उहाँहरुले सहभागितात्मक लेखापरीक्षण कार्यविधि परिमार्जन गरी धेरै नागरिक समाजका संस्थालाई सहभागी गराउन जोड दिनुभयो ।

यसअघि सोही संस्थाहरुले रुपन्देही, मकवानपुर, बाँके, कैलाली र मोरङ जिल्लामा गोष्ठी गरी २६६ जना नागरिक लेखापरिक्षक तयार गरेकोे जानाइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter