इतिहासको साक्षी ‘संविधानसभा पदक’

काठमाडौँ, जेठ १६ गते । लामो सङ्घर्ष, त्याग र बलिदान तथा दोस्रो जनआन्दोलनको उपलब्धिस्वरुप मुलुकमा पहिलोपटक २०६४ सालमा संविधानसभाको निर्वाचन भयो । नयाँ संविधान ल्याउन हर कोसिस भए पनि अन्तत : विघटन भएपछि विसं २०७० मा अर्काे संविधानसभाको निर्वाचन भयो ।

राजनीतिक दलको सहकार्य र एकताले ९० प्रतिशत बढीको सहभागितामा २०७२ सालमा नयाँ संविधान जारी भई मुलुकले एउटा दिशा तय गरेको थियो । संविधानको मर्म र भावनाअनुसार अहिले देश एउटा समृद्धिको मार्गमा अघि बढेको छ ।

दशकौँदेखिको वंशीय परम्पराको अन्त्य भई नेपाली जनताले चुनेको व्यक्ति नै राष्ट्रप्रमुख हुने व्यवस्था शुरु गराउनमा दुवै चरणका संविधानसभाका सदस्यले खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गरी सरकारले १२औँ गणतन्त्र दिवसको भोलिपल्ट संविधानसभाका सदस्यलाई ‘संविधानसभा पदक’ सहित सम्मान गरेको छ ।

“नेपाली जनताले ऐतिहासिक भूमिका निर्वाह गर्ने अवसर दिनुभयो, त्यसैको प्रतिफल हो यो पदक, इतिहासको साक्षी भएकाले गर्वको महसुस गराएको छ”, पदक लिएपछि २०६४ सालको संविधानसभाका सदस्य गोविन्दराम चेपाङले भन्नुभयो । चितवनबाट तत्कालीन समयमा संविधानसभाका सदस्य बन्नुभएका कृष्णभक्त पोखरेल पनि पदक पाउँदा खुशी हुनुहुन्थ्यो । आफूले पाएको पदकसहित पोखरेलले सामाजिक सञ्जालबाटै खुशी साट्नुभयो । आज राष्ट्रपति निवासमा सहभागी संविधानसभा सदस्यहरु त्यो बेलाको क्षण सम्झँदै एकापसमा तस्वीर लिएर खुशी साट्न मै व्यस्त देखिनुहुन्थ्यो । संविधानसभा चल्दा सदस्यहरु एकै ठाउँमा जमघट हुने अवसर मिलेको थियो तर अहिले त्यस्तो अवस्था छैन । आजको पदकले भने उहाँहरुलाई जमघटको अवसर जुराइदिएको थियो । संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी निर्वाह गरेको भन्दै पदक पाउँदा उहाँहरुको अनुहारमा छुट्टै खुशी छचल्किएको देखिन्थ्यो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान निर्माणमा महत्वपूर्ण योगदान पु¥याएकोमा उच्च मूल्याङ्कन गर्दै पहिलो र अर्काे संविधानसभामा निर्वाचित उहाँहरुलाई राष्ट्रकोतर्फबाट पदकसहित सम्मान प्रदान गर्नुभएको थियो ।

नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधान भाग ३२ अन्तर्गत धारा २७७ को उपधारा १ बमोजिम नेपालको संविधान निर्माणमा योगदान पु¥याएबापत सभासद्हरुलाई सम्मान गरिएको हो । संविधानमा राष्ट्रपतिले राज्यकोतर्फबाट प्रदान गरिने उपाधि, सम्मान र विभूषण प्रदान गर्नेछ भन्ने उल्लेख छ ।

पदक पाउनेको सूचीमा राष्ट्रपति विद्यादेवी भण्डारी पहिलो नम्बरमा हुनुहुन्छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदक प्रदान गरेर कार्यक्रम शुभारम्भ गर्नुभएको थियो । बिहान र दिउँसो गरेर दुई चरणमा राष्ट्रपतिले पदक प्रदान गर्नुभएको थियो ।

सभामुख कृष्णबहादुर महरा, पूर्वराष्ट्रपति रामवरण यादव, उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, पूर्वप्रधानमन्त्रीहरु, सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई र सुशील कोइरालाको नामसमेत पदम पाउनेको सूचीमा राखिएको थियो ।

सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र झलनाथ खनालसमेतले शीतल निवास पुगेर राष्ट्रपतिबाट पदक ग्रहण गर्नुभयो । गृह मन्त्रालयले दुवै संविधानसभामा सहभागी एक हजार १०९ को नाम पदक लिनेको सूचीमा राखे पनि पछिल्लो समयमा तीनजना हटाएर एक हजार १०६ लाई मात्रै पदक प्रदान गरेको जनाएको छ । आज उपस्थित भई पदक लिनेमा ७१३ पूर्व सभासद मात्र हुनुहुन्थ्यो ।

मन्त्रालयका सहसचिव महादेव पन्तले ९० जनाको नाम दोहोरिएको जानकारी दिनुभयो । आठ जनाले राजीनामा दिएको, फौजदारी मुद्दा लागेका नौ जनाको अवस्था विचाराधीन रहेको र तीन जना दोषी प्रमाणित भएकाले पदक पाउनबाट वञ्चित भएको उहाँले बताउनुभयो ।

नेपालको इतिहासमा पहिलो पटक विसं २०६४ साल चैत २८ गते प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीअनुसार संविधानसभा सदस्य निर्वचन भएको थियो । उक्त संविधानसभाले नयाँ संविधान निर्माण गर्न नसकेपछि विसं २०७० मङ्सिर ४ गते अर्काे संविधानसभा निर्वाचन भएको थियो । उक्त संविधानसभाले २०७२ साल असोज ३ गते इतिहास मै पहिलो पटक ‘नेपालको संविधान २०७२’ जारी गरेको थियो ।

देशमा पहिलोपटक जनप्रतिनिधिमूलक संविधानसभाबाट जारी ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेको संविधानले २४० वर्ष अघिदेखिको राजतन्त्रन्त्रात्मक व्यवस्थाको अन्त्य गरी देशमा गणतन्त्र र सङ्घीयतालाई संस्थागत गरेको हो । संविधानले नेपाललाई पहिलो पटक धर्मनिरपेक्ष राष्ट्रसमेत घोषित गरेको छ ।

संविधान निर्माणपछि मुलुक तीनै तहको निर्वाचन सम्पन्न गरी सरकार गठन गरेर सङ्घीयता कार्यान्वयनमा लागेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने अभिभारा सरकारको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter