डेनमार्कमा नेपाली संस्कृति झल्कने कार्यक्रम

काठमाडौं, जेठ १६ गते गणतन्त्र तथा सगरमाथा दिवसको अवसरमा डेनमार्कको वाकिङ्गस्ट्रिटमा बुधबार पन्चेबाजा, लाखे नाच सहित विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरियो ।

कोपनहेगनस्थित नेपाली राजदूतावास नेपाल पर्यटन वोर्ड तथा डेनमार्कस्थित विभिन्न संघसंस्थाहरूको सहयोग र सहकार्यमा सो सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियो ।

ऊक्त कार्यत्रममा कोपन हेगनसिथ्त कूटनीतिक नियोगका पदाधिकारी, सरकारी तथा विभिन्न संघ संस्थाका पदाधिकारी र डेनमार्कमा बसोवास गर्ने नेपाली स्थानीय जनसमुदायको उपस्थिति तथा सहभागिता रहेको थियो ।

सो कार्यक्रममा स्वागत मन्तब्य डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्सालले आर्थिक विकासमा नेपालले दिएको प्राथमिकता, नेपालमा लगानी र पर्यटन अवसर सम्बन्धमा प्रकाश पार्नुभएको दूतावासले जनाउको छ ।

कार्यक्रममा राजदूत लम्सालले गत साल पनि वाकिङ्गस्ट्रिटमा यस्तै कार्यक्रम गरिएको र ऊक्त कार्यत्रमलाई हरेक बर्ष नियमित पर्वको रुपमा गरिने कुरा बताउनुभयो ।

कार्यक्रममा नेपालका विभिन्न संस्कृति र भौगोलिक प्रतिनिनित्व हुने गरी पन्चे बाजा तथा लाखे, झागड, शेर्फा, तामाङ्ग, मारुनी, कुमारी, लोक नृत्यहरू सहितका कार्यक्रमहरु गरिएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter