कर्णाली प्रतिष्ठानमा एमडिजिपी पढाई हुने

नेत्र शाही/ जुम्ला ,जेठ १७ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जु्म्लामा एमडिजिपी पढाईका लागि बाटो खुलेको छ ।

नेपाल मेडिकल काउन्सिलले आईतबार प्रतिष्ठानमा एमडिजिपी पढाई गर्न निर्णय गरेको प्रतिष्ठानका रजिष्ट्रार काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार अव एमडिजिपी पढाई हुने बाटो खुलेपछि चाडै काम अगाडि बढाईनेछ । चाडै एमडिजिपीको लागि आवश्यक पूर्वाधार समेत तयारी भईरहेको उहाँले बताउनुभयो । यसका लागि मेडिकल काउसिन्लले विज्ञ टोली जुम्ला पठाएर सिट निर्धारण गर्ने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले अब एमबिबिएस अध्ययनको समेत पहल थालिरहेको छ । प्रतिष्ठानले प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित गराइ छैटौ सिनेट बैठक र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा पाँचौ सिनेट बैठकहरुमा समेत एमबिबिएस र एमडिजीपी संचालनका लागि प्रथामिकता दिईएको थियो । यसैगरी भर्खरै उपप्रधान तथा स्वास्थ्य जनसंख्या मन्त्री उपेन्द्र यादवले व्याचलर पब्लिक हेल्थको कक्षा उद्घाटन गर्न आउदा पनि स्थानीय सरोकार अगुवाले प्रथामिकताका साथ एमडिजिपी र एमबिबिएस कार्यक्रम संचालन गर्न माग गरेका थिए । एमबिबिएस उत्तिर्ण गरेकाले मात्रै एमडिजिपी पढ्न पाउने भएको छ ।

भवन भत्काएर पूर्ननिर्माण गरिने

२०७२ सालमा पुस ३ गते राति अज्ञात व्यक्तिबाट आगलागी भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको तत्कालिन ओपिडि भवन भत्काईने भएको छ । सो घटनाको अनुसन्धान भईरहेको र आवश्यक अनुसन्धानका तस्बिर सहित सवब प्रमाणहरु संकलन भईसकेको हुदा जलेको भवन भत्काउदा फरक नपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले पत्राचार गरेपछि भवन भत्काएर पुर्ननिर्माण गरिने रजिष्टार काफ्लेले जानकारी दिनुभयो ।

भवन भत्काएर पुर्ननिर्माण गरिने विषयमा प्रतिष्ठानमा जिल्ला स्तरीय सर्वदलिय सर्वपक्षीय बैठक समेत गरेर छलफल गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख सहित जिल्लाका राजनैतिकदल, सरोकारवाला निकायहरुको सहभागितामा सो भवनको विषयमा छलफल गरी प्रहरीको पत्रलाई आधार बनाई भत्काईने सहमति भएको र अस्पतालाई संरचना चाहिने भएकाले आधुनिक भवन निर्माण गरिने प्रतिष्ठानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सिताराम रिजालले आगलागीको विषयमा अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो सहित जिल्ला प्रहरी कार्यालयले गरिरहेको र भवन भत्काएर पुर्ननिर्माण गर्न उत्तम हुने भएको बताउनुभयो । यसैगरी नेकपाका प्रदेशसभा सदस्य पूर्णप्रसाद धितालले प्रतिष्ठानमा अब सबै प्रकारका सेवा पाउने गरी पूर्वाधारमा जोड हुनुपर्ने बताउनुभयो । नेपाली कांग्रेसका कोषाध्यक्ष कालिबहादुर बुढाले आन्तरिक सेवा प्रवाहमा गुणस्तरता दिनुपर्ने सुझाव दिनुभयो । विभिन्न राजनैतिक दलका नेताहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरवृद्धि र सेवा प्रवाह थप गुणस्तरका लागि छलफल गरी अगाडि बढाईनुपर्ने बताउनुभयो ।

४ वर्ष अगाडि ओपिडी भवन आगलागी रु दुई करोड ७४ लाख ४१ हजार ९ सय ९ रुपैयाँ बराबर क्षति पुगेको थियो । यसैगरी प्रतिष्ठानले उच्च शिक्षामा स्टाफनर्स, हेल्थ असिष्टेन्ट, व्याचलर मिडवाफ्री, व्याचलर पब्लिक हेल्थ पछि सबै भन्दा माथिल्लो तहको एमडिजिपी पढाई गर्न सरकारले प्रथामिकता दिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter