गरीब नेपालीको राम्रो भविष्य बन्नेमा भवनबाट सहयोग पुग्ने –सांसद भुसाल

ललितपुर, जेठ १९ गते । यहाँस्थित महेन्द्र आदर्श विद्याश्रमलाई चीन सरकारद्वारा निर्मित दशकोठेयुक्त भवन एक समारोहकाबीच हस्तान्तरण गरेको छ । चिनियाँ वाल दिवसका अवसरमा चीनमा सञ्चालित गरीबी उन्मूलन नामक संस्था (सिएफपिए)ले हस्तान्तरण गरेको उक्त भवनलाई सांसद पम्फा भुसालले उद्घाटन गर्नुभएको थियो । उक्त सामुदायिक विद्यालयमा वि.सं २०७२ सालको भूकम्पपछि कक्षाकोठा अभाव भइरहँदा उक्त सहयोग भएको हो ।

भवन उद्घाटन गर्नुहुँदै सांसद पम्फा भुसालले श्रमजीवी जनताको छोराछोरी अध्ययन गर्ने उक्त विद्यालयलाई नेपाल र चीनको जनताबीचको मित्रताको कडी भएको उल्लेख गर्नुभयो । उहाँले नयाँ नेपाल निर्माण गर्न शिक्षा क्षेत्रको प्रमुख योगदान हुने चर्चा गर्नुहुँदै गरीब नेपालीको राम्रो भविष्य बन्नेमा उक्त भवनबाट सहयोग पुगेको बताउनुभयो ।

पूर्वमन्त्री पनि रहनुभएकी सांसद भुसालले उक्त विद्यालय प्राङ्गणमा नेपाल सरकारबाट प्राप्त सहयोगबाट अर्काे भवन निर्माण भइरहेको जानकारी गराउनुभयो । विद्यालय प्रधानाध्यापक कृष्णदत्त जोशीले सिएफपिए संस्थाका जङ च्याङ ग्व र चाउ पी छ्याङले उक्त भवन निर्माणमा रु दुई करोड नौ लाख ५० हजार सहयोग गरेकोे जानकारी दिनुभयो ।

ललितपुर महानगरपालिका, शिक्षा शाखाका उपसचिव महेन्द्रबहादुर क्षत्रीले विद्यार्थीका लागि विद्यालय भवन मात्रै नभई शिक्षाको गुणस्तरमा पनि उत्तिकै सुधार हुनुपर्नेमा जोड दिनुभयो ।

सिएफपिएका अध्यक्ष चाउले गत वर्ष सो विद्यालयमा अध्ययनरत विद्यार्थीको आर्थिक अवस्थालाई ध्यानमा राखी ३०० झोला र १८ कम्प्युटर वितरण गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा कलेजका पूर्वप्रमुख रामप्रसाद पाठक र अनिरुद्ध रिसाललाई सम्मान गरिनाका साथै विद्यालयका इलेक्ट्रिसियन मङ्गल महर्जनलाई रुपियाँ एक लाखसहित सम्मान गरिएको थियो ।

सफा सुनौलो नेपालका पूर्वअध्यक्ष राजेश हमालले भवन अभावका कारण पठनपाठनमा समस्या भएकाले भवन निर्माण गर्न आफूले सक्दो सहयोग गरेको जानकारी गराउनुभयो ।

ललितपुर महानगरपालिकाका १५ वडाका अध्यक्ष सुर्दशन मिश्रले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन भवनले अह्म भूमिका खेलेको बताउनुभयो । कार्यक्रममा उक्त विद्यालयले विभिन्न सांस्कृतिक गतिविधिहरु प्रस्ततु गरेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter