छात्रालाई प्याड बनाउन सिकाइयो

मुसीकोट नगरपालिका–५ सेरीगाउँमा रहेको युमुना नन्द नमूना माध्यमिक विद्यालयले विद्यार्थीलाई विद्यालयमै प्याड बनाउन सिकाएको छ । विद्यालयले कक्षा ६ देखि १० सम्मका छात्रालाई प्याड बनाउन सिकाएको हो ।

विद्यालयका सेनेटरी प्याड निर्माण फोकल पर्सन सुशीला शर्माले कक्षा ६ देखि १० सम्मका छात्रालाई प्याड बनाउन सिकाउनुभएको थियो । प्याड बनाउने कला सिकेपछि कक्षा १० मा अध्ययनरत छात्रा कल्पना ओलीको अध्यक्षतामा गठित सेनेटरी प्याड निर्माण समितिको सक्रियतामा करीब १५० वटा सेनेटरी प्याड निर्माण गरिएको छ ।

प्याड निर्माणका लागि कपडालगायत आवश्यक वस्तु खरीद गर्नका लागि विद्यार्थी आफैँले प्रतिछात्रा रु २० का दरले रकम जम्मा गरेको विद्यालयका प्रधानाध्यापक दामोदर पौडेलले बताउनुभयो । महिनावारी भएको समयमा कुनै पनि छात्रा विद्यालयबाट बञ्चित नहुन् भन्नका लागि विद्यालयमा प्याड बनाउन सिकाइएको उहाँको भनाइ छ ।

सेनेटरी प्याडको निर्माण, निर्माण गर्नुको उद्देश्य तथा निर्माण भइसकेका प्याड र प्रयोग भएका प्याडको व्यवस्थापनका बारेमा प्रअ पौडेलले विद्यार्थीलाई आवश्यक सल्लाहसहित सिकाउनुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter