संरक्षित वनलाई एक करोड ४० लाख

बैतडी, जेठ २१ गते । जिल्लाका दुई वनलाई सुदूरपश्चिम प्रदेश सरकारले सहयोग गरेको छ । ग्वाल्लेक केदार प्रस्तावित संरक्षित वन र सिगास प्रस्तावित संरक्षित वनलाई प्रदेश सरकारले सहयोग गरेको हो ।

दुबै वनलाई सुदूरपचिमको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु एक करोड ४० लाख बजेट विनियोजन गरेको डिभिजन वन कार्यालयले जनाएको छ । विनियोजित बजेटले समुदायस्तरमा आत्मनिर्भर बनाउने खालका काम गरिरहेको डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत केशव पराजुलीले जानकारी दिनुभयो ।

उक्त प्रस्तावित संरक्षित वनमा विभिन्न बोटबिरुवा उत्पादन गरेर स्थानीय बासिन्दाको आयआर्जनमा टेवा पुग्ने उहाँले बताउनुभयो । उपभोक्तामार्फत संरक्षणमुखी क्रियाकलाप गर्नुका साथै जनचेतनामूलक कार्यक्रम पनि गरिने उहाँले बताउनुभयो । हाल यी दुवै प्रस्तावित संरक्षित वनमा विभिन्न फलफूलका बिरुवा उत्पादन गरिँदै छ ।

विशेष वातावरणीय, वैज्ञानिक वा सांस्कृतिक महत्वको ठानी नेपाल सरकारले वन ऐन बमोजिम घोषणा गरेको राष्ट्रिय वनलाई ‘संरक्षित वन’ घोषणा गर्ने गरिन्छ । नेपाल सरकारलाई राष्ट्रिय वनको कुनै भाग विशेष वातावरणीय वैज्ञानिक, सांस्कृतिक महत्व भएको वा अन्य विशेष महत्व भएको लागेमा त्यस्तो राष्ट्रिय वनलाई संरक्षित वनको रुपमा घोषणा गर्ने गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter