युवा वैज्ञानिकको अन्तर्राष्ट्रिय सञ्जाल

काठमाडौँ, जेठ २३ गते । आपसी ज्ञान र अनुभवको आदानप्रदानका लागि दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र अन्य मुलुकका युवा वैज्ञानिकले अन्तर्राष्ट्रिय सञ्जाल (नेटवर्क) गठन गर्ने भएका छन् ।

उनीहरुले विद्यमान समस्यालाई सम्बोधन गर्न वैज्ञानिक क्षेत्रमा सहकार्य र समन्वय गर्ने उद्देश्यले यहाँ आयोजित अन्तर्राष्ट्रिय युवा सम्मेलनमा उक्त सञ्जाल गठनको प्रस्ताव गरिएको हो ।

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागको समन्वय र प्रदेश नं ३ सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनमा उद्योग, पर्यटन, वन, वातावरण साथै जलवायु परिवर्तन, प्राकृतिक प्रकोपलगायतका महत्वपूर्ण वैज्ञानिक विषयमा अन्तर्राष्ट्रिय वैज्ञानिकका अनुभव साटासाट गरिएको हो ।

सम्मेलनको मङ्गलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गर्नुभएको थियो । सम्मेलनमा सार्क क्षेत्रका नेपालबाहेकका १७ युवा वैज्ञानिक छन् । जर्मनी, फिनल्याण्ड, चीन र बेलायतबाट पनि सहभागी सम्मेलनमा ५१ वटा कार्यपत्र प्रस्तुत भएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter