छात्रालाई सेनेटरी प्याड र भेन्डिङ मेसिन वितरण

विदुर, जेठ २८ गते । नुवाकोटको लिखु गाउँपालिकाका दुई विद्यालयलाई सेनेटरी प्याड र भेन्डिङ मेसिन वितरण गरिएको छ । सोमबार भएको एक कार्यक्रममा लिखु गाउँपालिकास्थित चौघडामा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का जिल्ला नेता एवं लायन्स क्लब अफ काठमाडौँ डाउनटाउनका प्रथम उपाध्यक्ष पूर्णलाल श्रेष्ठले क्षेत्रपाल माध्यमिक विद्यालयका प्रधानध्यापक कृष्णबहादुर राई र महेशदेव मावि थानसिङका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सामुदायिक विद्यालय व्यवस्थापन महासङ्घ लिखुका अध्यक्ष रामबहादुर ओझालाई एक÷एक थान सेनेटरी प्याड तथा भेन्डिङ मेसिन वितरण गर्नुभयो ।

विद्यालयलाई हस्तान्तरण गरिएको मेसिन लिखु गाउँपालिकाको नै पहिलो भएको विद्यालयले जानकारी दिएको छ । सो मेसिन लायन्स क्लब अफ काठमाडौँ डाउनटाउन र विद्यालयले संयुक्तरूपमा खरीद गरेका हुन् । मेसिन खरीद गरिएसँगै दुई विद्यालयका करीब ३५० छात्रा लाभान्वित हुने बताइएको छ । महीनावारीको समयमा छात्रा प्रायःजसो विद्यालय उपस्थित नहुने, विभिन्न समस्याका कारण विद्यालय आउन लजाउने जस्ता विषयहरुलाई ध्यानमा राखेर छात्रालाई विद्यालयमा उपस्थित गराउन मेसिन खरीद गरेको नेकपाका नेता श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठले भन्नुभयो, “सरकारले बजेटमार्फत नेपालभरिका विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण गर्ने कार्यक्रम ल्याएको छ यस्तो कार्यक्रमले विद्यालयका छात्रा लाभान्वित हुने विश्वास गरेको छु ।” यस्तै, श्रेष्ठले लिखु गाउँपालिका–२ स्थित लब्दुमा श्रीकृष्ण आधारभूत प्रथामिक विद्यालयमा अध्यनरत ४० विद्यार्थीलाई ४० थान झोला तथा स्टेसनरी सामग्रीहरु वितरण गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter