असार १ गतेदेखि काठमाण्डौमा रात्रिकालीन बससेवा

काठमाण्डौ । सरकारले काठमाण्डौ उपत्यकामा असार १ गतेदेखि लागू हुने गरी रात्रिकालीन बस सेवा संचालन गर्ने भएको छ ।

यातायात व्यवस्था विभागले त्यसका लागि रुट तोकी सार्वजनिक सूचना जारी गरेको छ । सरकारले संचालन गर्ने रात्रिकालीन सवारी साधन संचालनका लागि १२ वटा कम्पनीले विभिन्न रुटको इजाजत पाएका छन् ।

साझा यातायात प्रालि, महानगर यातायात, रिद्धिसिद्धि, शुभकामना, रचना, मयुर, अन्नपूर्ण सार्वजनिक यातायात, गोकर्णेश्वर यातायात, ललितपुर मिनीबस, ताराकेश्वर यातायात, बुढानिलकण्ठ यातायात र किर्तिपुर यातायातका बसहरुले रात्रिकालीन सेवा दिनेछन् । यी कम्पनीका बसहरुले राति ९ बजेदेखि १ बजेसम्म सेवा दिनेछन् ।

विभागले पूर्ववत रुटमा संचालन भइरहेका कम्पनीका सवारी साधनहरुले रात्रीकालीन यातायात सेवा संचालन गर्न चाहेमा यातायात व्यवस्था विभागमा सम्पर्क राखी सेवा संचालन गर्नसक्ने व्यवस्था समेत गरिदिएको छ ।

विभिन्न कम्पनीका बसहरुका लागि विभागले रुट समेत छुट्याइदिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter